पोखरा । गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले प्रारम्भिक अनुसन्धानमा शिशिरले आफ्नो साथीलाई पठाएको म्यासेज अनुसार शिशिर आफै हामफालेको तथ्य भेटिएको बताए । ‘साथीलाई यहाँ खोज्न आउनु भनेर म्यासेज पठाएको तथ्य फेला पार्यौं ।’ उनले भने – ‘बाहिरी कपडा सबै खोलेर तालमा पसेछ । मोबाइल, मोटरसाइकल माथि नै थियो, हेल्मेट तल थियो ।’
शनिबार विहान सवा ९ बजेतिर खबर प्राप्त गरेपछि तत्काल पुगेको प्रहरी, सशस्त्रले तालबाट शिशिरको शव निकालेको डिएसपी शाहले जनाए । प्याराग्लाइडिंग ल्याण्ड हुने स्थान खपौदी क्षेत्रमा उनी भेटिएका हुन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
गत फागुन १९ गते मात्रै कास्कीको अन्नपुर्ण गाँउपालिका २, ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीले यसैगरी फेवातालमा ज्यान फालेकी थिईन् ।

फोटोः उमेश पुन
http://gandaknews.com/dibya-followup/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने