पोखरा । सार्वजनिक विदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी सवार गाडी नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।
विदाको दिन सरकारी सवारी साधनको दुरु पयोग गरेको भन्दै उनीहरुले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको गाडी नियन्त्रणमा लिएका हुन् ।
अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको टोलिले गाडी नियन्त्रणमा लिई आगामी दिनमा सरकारी सम्पत्ति दुरुपयोग नगर्न आग्रह गर्दै गाडी छोडिएको हो ।
परीवारलाई लिएर घुम्न जाँदै गर्दा गाडी समातिएपछि आगामी दिनमा सार्वजनिक विदाका दिन सरकारी गाडीमा ननिस्किने सहायक सिडियो बरालले प्रतिबद्धता गरेका थिए ।
‘शनिवारको दिन आफ्नो क्षेत्र हेरौं र प्रहरी चौकीको पनि निरीक्षण गरौं भनेर गएको हो, उनले भने, ‘आज गैहाल्यौं । अवदेखि जाँदैनौं ।’ उनी इलाका प्रशासन कार्यालय लेखनाथमा कार्यरत छन् ।
‘परीवारै लिएर घुम्न ?’
सहायक प्रमुख जिल्ला अधिकारी बरालले जिल्ला जिल्ला प्रशासन कार्यालय कास्कीको सवारी साधनमा परीवारलाई लिएर घुम्न गएका थिए ।
शनिवार उनी परीवार सहित घुम्नका लागि कालिका जाँदै गरेको अबस्थामा नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् । बराललाई नेकपाका कार्यकर्ताले मादी ५ सुनपँदालीमा उनको गाडी नियन्त्रणमा लिएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने