कास्की । गण्डकी प्रदेशका दुई प्रमूख नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा विषादी मापन प्रयोगशाला स्थापना गरिने भएको छ । सरकारले विषादी अवशेष पत्ता लगाउने प्रयोगशाला स्थापना गरीे प्रदेशमा भित्रिने तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्ने भएको हो ।
सरकारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी मापदण्डभन्दा बढी विषादी प्रयोग भएका पाईएमा नष्ट गर्ने उद्धेश्य राखेको छ । तरकारी, फलफूल, खाद्यान्नको विषादी परीक्षणका साथै निर्धा्रित गुणस्तर अनुसारका पशुपंक्षी तथा पशुजन्य पदार्थको मात्र आयात गर्ने तयारी सरकारको छ ।
प्रयोगशालाको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्याङ्जाको मालुङ्गामा १४ रोपनी जमीनको व्यवस्था गरेको जनाएको छ । प्रयोगशाला राख्न जमीनको प्रबन्ध भएपनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले तत्कालका लागि घर भाडामा लिएर चैत दोस्रो हप्ताभित्रमा प्रयोगशाला स्थापना गर्ने मन्त्री लेखबहादुर थापाले बताए ।
आँबुखैरेनीमा पनि प्रयोगशाला राख्ने तयारी गरिएको छ । गोरखालाई पनि समेट्नुपर्ने भएकाले मुग्लिन पुलदेखी आँबुखैरेनीसम्मको क्षेत्रमा प्रयोगशाला स्थापनाको काम अघि बढेको उनले बताए । उनका अनुसार उक्त क्षेत्रमा सार्वजनिक जमीन खोजी भईरहेको र तत्कालका लागि घर भाडामा लिएर भएपनि प्रयोगशाला स्थापना गरिनेछ ।
सरकारले दुवै स्थानमा प्रयोगशालाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट बिनियोजन गरेको छ । मन्त्रालयका कृषि महाशाखा प्रमुख माधव लम्सालका अनुसार सरकारले जारी गरेको मापदण्डमा तरकारीमा विषादीको निषेध दर ३५ प्रतिशतसम्म भेटिएको अवस्थामा त्यसलाई खानयोग्य हुने मानिएको छ । त्यस्तै ३५ देखि ४५ प्रतिशतसम्म भेटिएमा त्यस्ता तरकारी केही समय चिस्यान केन्द्रमा राखेर पखालेर खान उपयुक्त हुन्छ ।
विषादीको दर ४५ प्रतिशतभन्दा बढी भेटिएमा त्यसलाई तत्काल नष्ट गर्नुपर्ने उल्लेख छ । प्रयोगशालामा प्राविधिकसहित हाललाई सात जनाको दरबन्दी रहने मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी पोखरामा रहेको कृषि उपज थोक बजारमा दैनिक १०० देखी १२० मेट्रिक टन सम्म तरकारी भित्रिने गरेको छ ।
त्यस्तै फलफूल दैनिक७० देखी ८० मेट्रिक टन आउने गरेको छ । सरकारले प्रदेशका नाकामा प्रयोगशाला स्थापना गरेपनि गाउँगाउँबाट कृषकले बजारमा बिक्रीवितरणका लागि ल्याउने तरकारीको विषादी मापन गर्ने भनेपनि प्रदेशभित्रै उत्पादन खाद्यान्नको विषादी परीक्षण भने चूनौतीपूर्ण छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु