एजेन्सी । ७८ वर्षीय अर्नेस्ट क्विन्टाना क्यालिफोर्नियाको फ्रिमन्ट सहरमा अवस्थित केसर परम्यानेन्टी मेडिकल सेन्टरमा उपचाररत थिए । उनी अस्पतालमै रहेको बेला रोेबोटमा जडित स्क्रिनको माध्यमबाट चिकित्सकको सन्देश आयो– ‘उनी केही दिनमै मर्दै छन्!’ उनका परिवारजन तथा इष्टमित्रहरूले चिकित्सकले जानकारी दिएको यो तरिकाको निकै विरोध गरेका छन्। एक पारिवारिक मित्रले विरोध जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो बिरामीलाई दया र माया देखाउने तरिका भएन।’
तर अस्पतालले परिवारको यस अपेक्षापछि पश्चात्ताप व्यक्त गरेको छ। चिकित्सकले रोबोटको माध्यमद्धारा जानकारी दिएको भोलिपल्टै बिरामीको मृत्यु भयो।
क्विन्टानाकी छोरीकी साथी जुलियन स्प्याङलरले रोबोटको तस्बिर फेसबुकमा पोष्ट गरेर लेखिन्, ‘हामीलाई भनियो– उहाँको दुईवटै फोक्सोले काम गरेका छैनन्, उहाँको एक मात्र उपचार भनेको सान्त्वना मात्र हो। श्वास लिनको लागि लगाइएको मास्क हटाई उहाँ नमरुन्जेल यसै राखियोस्।’
उनले पछि भनिन्, ‘यो अत्यन्त निराशाजनक अवस्था’ हो। ‘हेरचाह र प्रविधिको टक्करले सृजित चरम अत्याचार।’ ‘औषधि र उपचारमा प्रविधिको प्रगति भएको राम्रो हो तर प्रविधिको प्रयोग कहाँ र कसरी गर्ने भन्ने सीमाङ्कन हुनुपर्छ।’, उनले भनिन्।
अस्पतालमा क्विन्टानासँगै भएकी उनकी नातिनी एनालिसा विलहार्मले आफूले सकेसम्म आफ्नो आँशु रोकेको बताइन्। ‘मैले ढोकामा रोबोट उभिएको देखेँ र रोबोटमा जडित स्क्रिनमा भएका चिकित्सक कुनै कोठाको कुर्सीमा बसिरहेका थिए र रोबोटको माध्यमद्वारा भनिरहेका थिए– मैले एमआरआई फेरि हेरेँ, फोक्सो बाँकी छैन। अब केही गर्न सकिँदैन।’
‘चिकित्सकले त्यसो भनिरहदाँ म भित्रभित्रै कामिरहेकी थिएँ, म सकेसम्म नरुन र नचिच्याउन प्रयास गरिरहेकी थिएँ, किनकि त्यहाँ म र हजुरबुबा मात्रै थियौँ।’ उनले भनिन्, ‘आफ्नो जिन्दगीको सबैभन्दा दुःखद समाचार उहाँले आफ्नी ५८ वर्षीय पत्नीविना नै प्राप्त गर्नुभयो।’
जब क्विन्टानाकी पत्नी आइन् तब उनले आफ्नो बिरामी पतिलाई दुःखद खबर सुनाएको तरिकामा आपत्ति जनाउँदै अस्पतालमा उजुरी गरिन्। पछि एक जना नर्समार्फत जानकारी आयो– अस्पतालको नीति र नियम नै यस्तै छ।
केसर परम्यानेन्टी ग्रेटर साउदन अलामेडा काउन्टीकी वरिष्ठ उपाध्यक्ष मिचेल गासकिल हेम्सले एक विवरणमा भनेकी छिन्, ‘रोबोटको माध्यमबाट कुनै पनि जानकारी दिँदा एक जना नर्स वा चिकित्सक कोठामा अनिवार्य हुनुपर्छ।’
उनले भनिन्, ‘बिरामी, उनका परिवार र चिकित्सकबीचको व्यक्तिगत कुराकानीको लागि आधुनिक प्रविधिको प्रयोगलाई हामी समर्थन र प्रोत्साहन पक्कै पनि गर्दैनौँ । हामी यो गल्तीलाई एक अवसरको रुपमा लिनेछौँ र आधुनिक प्रविधिमा गनुपर्ने सुधारका बारेमा सोच्नेछौँ।’
समाचार सन्दर्भ नेपालखबरबाट
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?