तल्लोमोदी जलविद्युत आयोजनामा आगलागी, तीन जना घाइते

तल्लोमोदी जलविद्युत आयोजनामा आगलागी, तीन जना घाइते

parbat agolagi

महेन्द्र जिसी, पर्वत । निर्माणधीन २० मेगावाटको तल्लोमोदी जलविद्युत आयोजनामा आगलागी हुँदा तीन जना घाइते भएका छन् । उत्पादन दिने अन्तिम चरणसम्म पुगेको जलविद्युत आयोजनामा सोमबार विद्युत सट हुँदा आगलागी भएको स्रोतले जनाएको छ ।

पेनस्टक पाइप (सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने) मा रङ लगाउने क्रममा विद्युत सट हुँदा आगलागी हुँदा पाइपमा रङ लगाउँदै गरेका तीन जना मजदुर घाइते भएको आयोजनाले जनाएको छ ।

घाइते हुनेमा सोही आयोजनामा कार्यरत मजदुर अनिल विक, विजय पचभैया र चन्दनबहादुर गुरुङ हुन् । ३२७ मिटर लामो पाइपको भित्री भागमा रङ लगाउँदा उज्यालोका लागि लगिएको विद्युत तार सर्ट भएको आयोजना प्रमुख पवनकुमार यादवले बताए ।
‘फलामको पाइप भएकोले पाइपलाई असर गर्दैन रैछ’ उनले भने, ‘पाइपको भित्री भागमा लगाइएको रङ जलेर हाम्रा तीन जना मजदुर साथीहरु घाइते हुनु भएको छ । अन्य क्षती भएको छैन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ