पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको जिम्मेवारी नवनिर्वाचित कार्यसमितीलाई पदस्थापन गरिएको छ । सोमबार एक कार्यक्रम गर्दै गत फागुन २५ गते सम्पन्न भएको प्रथम अधिबेशनबाट नवनिर्वाचित कार्यसमितीलाई निवर्तमान कार्यसमितीले पदभार हस्तान्तरण गरेका हुन् ।
गत फागुन २५ गते सम्पन्न प्रथम अधिबेशनबाट एक राज गिरीलाई अध्यक्ष, रन्जन अधिकारी उपाध्यक्ष, बिजय नेपाल महासचिब, राजाराम पौडेल सचिब, शसी पौडेल कोषाध्यक्षमा मनोनित भएका थिए । त्यस्तै खुल्ला सदस्य तर्फ उमेश पुन, नारायण शाही र रोशन अधिकारी, दलिततर्फ शुशिल नेपाली, महिलातर्फ कविता घर्ती मगर, आदिवासी जनजातितर्फ गीता रानामगर रहेका छन् । नवनिर्वाचित कार्यसमितीले आगामी तीन बर्षको कार्यकालको जिम्मेवारी समाल्ने निवर्तमान अध्यक्ष केशब पाठकले बताए ।
पत्रकारीतामा अनुसन्धान र जवाफदेहिता अनिवार्य : मन्त्री पुन
गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्रि नरदेबी पुनले पत्रकारहरुले अनिवार्य रुपमा अनुसन्धानात्मक र जवाफदेही पत्रकारीता गर्नुपर्ने धारणा ब्यक्त गरेकी छिन् । सोमबार खेलकुद पत्रकार मञ्च, गण्डकीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले पत्रकार देशको चौथो अंग भएको प्रस्टाउँदै पत्रकारीतामा अनुसन्धान र जवाफदेहिता अनिवार्य शर्त रहेको बताएकी हुन् ।
‘कुनै समाचार प्रकाशित हुनु भन्दा अघि त्यसको गहन अनुशन्धान आवश्यक देखिन्छ’ मन्त्री पुनले भनिन्, ‘अहिले अलपत्रकारहरु पनि धेरै भईसके । सबैले के भयो भन्ने कुरा मात्रै लेख्छन् । तर, अबको समाचारमा के भयो भन्दा कसरी भयो भन्ने कुरा आउन जरुरी छ । जस्को लागि अनुसन्धान र जवाफदेहिता अनिवार्य हुन्छ ।’ अनुसन्धानमुलक पत्रकारीताका लागि निरन्तरता र दृढ इच्छाशक्ति समेत हुन आवश्यक रहेको उनले बताईन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै गण्डकी प्रदेश सांसद तथा अर्थ बिकास समितीका सभापती दिपक कोइरालाले मानिसले गर्ने काम अनुसन्धानमुलक र उचित समयमा हुन नसके समाज बिकास र सम्बृद्ध चर्फ उन्मुख हुन नसक्ने तर्क गरे ।
खेलकुद पत्रकार मञ्च गण्डकीले उदाहरणिय काम गरेकोमा आभार व्यक्त गर्दै खेलकुद पत्रकारले खोज मुलक पत्रकारिता गर्नु पर्ने भन्दै गण्डकी प्रदेशकी सांसद मिना गुरुङले सुझाव दिइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष शान्ती गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, मंचका निर्वमान अध्यक्ष केशब पाठक, नवनिर्वा्चित खेलकुद पत्रकार मंचका अध्यक्ष एक राज गिरी, निर्वाचन समितीका सदस्य एवम जिल्ला खेलकुद कार्यालयका प्रमुख प्रकाश बराल लगाएतले मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला