पोखरामा तीन साता अघि लगातार तीन दिन प्याराग्लाइडिङ एकपछि अर्को दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाईते भए । त्यसपछि बल्ल प्याराग्लाइडिङका विषयमा थोरै भएपनि गम्भिर बन्यो । यसतर्फ चनाखो बनेको सुरक्षा निकायले पोखराका प्याराग्लाइडिङ कम्पनीहरुको विकृति एकपछि अर्को गर्दै फेला पार्दै गएको छ ।
अनुगमनका क्रममा आइतबार वडा प्रहरी कार्यालय बैदामले फर्जी प्यारापाइलटद्वारा व्यावसायिक (टेन्डम) उडान गर्दै आइरहेका आठजनालाई नियन्त्रणमा लिएको जनाएको छ । पोखराका विभिन्न कम्पनीमार्फत उनीहरुले यात्रुसहित उडान भरी अवतरण गर्ने क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनायो।
प्रहरीको नियन्त्रणमा परेकाहरुमा हरिप्रसाद भण्डारी, जीवन क्षेत्री, विशाल लामा, पवन शर्मा, नवीन परियार, कमल तिमिल्सिना, रामबहादुर तामाङ र दीपक पहारी छन्। लाइसेन्स साथमा नभएका तर यात्रुसहितको उडान भर्ने आठजनालाई नियन्त्रणमा लिएर छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले जानकारी दिए। अनुसन्धान भइरहेको र दोषी पाइएमा कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने डिएसपी शाहले बताए।
बैदाम प्रहरीले बुद्ध प्याराग्लाइडिङ कम्पनीका महेन्द्रबहादुर भट्टराईको जिम्मा लगाई आठैजनालाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्ने गरी सोही दिन नै छाडेको थियो। समाधान दैनिकले समाचार छापेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने