काठमाडौं । दुई दिन अघि अमेरिका उडेका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका दाहालविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले उजुरी गरेका हुन्। उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका छन्।
‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए। पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।
जनयुद्ध पछि पक्राउ पर्ने डरले पटक पटक अमेरिका जान डराएका प्रचण्ड यस पटक भने निश्चिन्त भएर श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका गएका थिए । उनी गएकै दिन अमेरिकाको गुप्तचर संस्थामा उनी विरुद्ध उजुरी परेको थियो । उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी समेत भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्नको लागि आग्रह गरिएको छ ।
यस्तो उजुरी परेपनि अमेरिकामा उनी पक्राउ पर्ने सम्भावना भने कम देखिएको छ । सामान्य अवस्थामा थियो भने प्रचण्ड पक्राउ पर्ने सम्भावना थियो । तर, प्रचण्डले यस पटक भने नेपाल स्थित अमेरिकी दूतावासबाट पूरा विश्वास लिएर गएकोले उनी यस पटक अमेरिकामा पक्राउ पर्ने सम्भावना कम रहेको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्ड अमेरिका उड्नु अघि सानेपा स्थित एक होटलमा प्रचण्ड र अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको वार्तामा बेरीले दूतावासले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेपछि अमेरिकामा पक्राउ पर्ने सम्भावना नहुने स्पष्ट पारेका थिए । सो सर्कुलर अमेरिकाको गुप्तचर एजेन्सी, प्रहरी प्रशासन, अध्यागमन लगायत सबै सम्बन्धित निकायमा पठाईन्छ । सो सर्कुलर निश्चित समयको लागि हुन्छ र सो समय सकिएपछि भने ती निकायहरुले सो व्यक्तिलाई समाउन पनि सक्छ । त्यसैले प्रचण्ड यस पटक उजुरी परेपनि अमेरिकामा पक्राउ पर्ने सम्भावना नरहेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको हो ।
यसअघि नेपाली सेनाका महा सेनानी कुमार लामालाई बेलायतमा यस्तै उजुरीका आधारमा पक्राउ गरिएकाे थियाे। महा सेनानी लामा राष्ट्रसंघीय मिसन अन्तर्गत सुडानमा कार्यरत थिए। आफ्ना परिवारका सदस्यलाई भेट गर्न बेलायत गएको अवस्थामा उनलाई सन् २०१३ मा पक्राउ गरिएकाे थियाे। पछि सरकारकाे पहलमा बेलायतले उनलाई थुनामुक्त गरेकाे थियाे।
यस्तै, द्वन्द्वकालमा मैना सुनारको हत्यामा संलग्न भएको आरोप लागेका सेनानी निरन्जन बस्नेत सन् २००९ मा संयुक्त राष्ट्रसंघीय मिसनबाट फर्काइएका थिए। द्वन्दग्रस्त अफ्रिकी मुलुक चाटमा शान्ति स्थापनाका लागि खटिएको टोलीमा परेका बस्नेत विरुद्ध बिभिन्न मानव अधिकारवादी संघसंस्थाहरुले १५ वर्षीया किशोरी सुनारको हत्यामा संलग्न भएको उल्लेख गर्दै बिरोध गरेपछि राष्ट्र संघको शान्ति स्थापना विभागले फिर्ता गरेको हो।
यस्तो छ प्रचण्डविरुद्ध परेकाे उजुरी पत्रः

सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्