काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपनि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर जारी गरेकाले प्रचण्ड पक्राउ पर्नेछैनन् ।
अमेरिकी दूतावास स्रोतका अनुसार प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको हो। जुन भारतीय नेताहरु सोनिया गान्धी र नरेन्द्र मोदी लगायत अमेरिका भ्रमणमा जाने अन्तर्राष्ट्रिय नेताहरुलाई जारी हुने गरेको थियो । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउन बिरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ।
यस्तो सर्कुलरपछि अमेरिकी सरकारका कुनै पनि निकायले कार्वाही अगाडि बढाउन मिल्दैन। सामान्य अवस्थामा थियो भने प्रचण्ड पक्राउ पर्ने सम्भावना थियो । तर, प्रचण्डले यस पटक भने नेपाल स्थित अमेरिकी दूतावासबाट पूरा विश्वास लिएर गएकोले उनी यस पटक अमेरिकामा पक्राउ पर्ने सम्भावना कम रहेको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्ड अमेरिका उड्नु अघि सानेपा स्थित एक होटलमा प्रचण्ड र अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको वार्तामा बेरीले दूतावासले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेपछि अमेरिकामा पक्राउ पर्ने सम्भावना नहुने स्पष्ट पारेका थिए ।
सो सर्कुलर अमेरिकाको गुप्तचर एजेन्सी, प्रहरी प्रशासन, अध्यागमन लगायत सबै सम्बन्धित निकायमा पठाईन्छ । सो सर्कुलर निश्चित समयको लागि हुन्छ र सो समय सकिएपछि भने ती निकायहरुले सो व्यक्तिलाई समाउन पनि सक्छ । त्यसैले प्रचण्ड यस पटक उजुरी परेपनि अमेरिकामा पक्राउ पर्ने सम्भावना नरहेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको हो ।
अमेरिका बसाइका क्रममा प्रचण्डको नेपालको आर्थिक, सामाजिक विकास लगायतका विषयमा राजनीतिक भेटघाटसमेत गर्नसक्ने बताइएको छ।
http://gandaknews.com/prachanda-ujuri/
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते