काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपनि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर जारी गरेकाले प्रचण्ड पक्राउ पर्नेछैनन् ।
अमेरिकी दूतावास स्रोतका अनुसार प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको हो। जुन भारतीय नेताहरु सोनिया गान्धी र नरेन्द्र मोदी लगायत अमेरिका भ्रमणमा जाने अन्तर्राष्ट्रिय नेताहरुलाई जारी हुने गरेको थियो । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउन बिरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ।
यस्तो सर्कुलरपछि अमेरिकी सरकारका कुनै पनि निकायले कार्वाही अगाडि बढाउन मिल्दैन। सामान्य अवस्थामा थियो भने प्रचण्ड पक्राउ पर्ने सम्भावना थियो । तर, प्रचण्डले यस पटक भने नेपाल स्थित अमेरिकी दूतावासबाट पूरा विश्वास लिएर गएकोले उनी यस पटक अमेरिकामा पक्राउ पर्ने सम्भावना कम रहेको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्ड अमेरिका उड्नु अघि सानेपा स्थित एक होटलमा प्रचण्ड र अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको वार्तामा बेरीले दूतावासले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेपछि अमेरिकामा पक्राउ पर्ने सम्भावना नहुने स्पष्ट पारेका थिए ।
सो सर्कुलर अमेरिकाको गुप्तचर एजेन्सी, प्रहरी प्रशासन, अध्यागमन लगायत सबै सम्बन्धित निकायमा पठाईन्छ । सो सर्कुलर निश्चित समयको लागि हुन्छ र सो समय सकिएपछि भने ती निकायहरुले सो व्यक्तिलाई समाउन पनि सक्छ । त्यसैले प्रचण्ड यस पटक उजुरी परेपनि अमेरिकामा पक्राउ पर्ने सम्भावना नरहेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको हो ।
अमेरिका बसाइका क्रममा प्रचण्डको नेपालको आर्थिक, सामाजिक विकास लगायतका विषयमा राजनीतिक भेटघाटसमेत गर्नसक्ने बताइएको छ।
http://gandaknews.com/prachanda-ujuri/
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन