एजेन्सी– हामी जीवनमा प्रत्येक दिन अनेक फैसला तथा निर्णयहरु लिन्छौँ । हामीलाई थाहा हुन पनि जरुरी छ कि कुन फैसला वा निर्णय सही हो, कुन सही होइन । यदि हामीलाई यसको ज्ञान हुने हो भने हामी हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सक्छौँ ।
जब हामीले कुनै निर्णय लिनु पर्ने बाध्यता हुन्छ, त्यसलाई एक चुनौतिका रुपमा लिन सक्छौँ । फेरि, धेरै मानिसहरु आफ्ना फैसला विगतका घटनालाई आधार बनाएर लिन्छन् । यस्तो अवस्थामा उनीहरुको दिमागले एउटै तरिकाले मात्र काम गर्छ, अचानक आउने चुनौतिको सामना गर्न उनीहरु सफल हुँदैनन् ।
तर, यसको अर्थ के होइन भने हामीले निर्णय नै लिनु हुँदैन । हामीले त यस्ता चुनौतीको सामना गर्नुपर्छ र निर्णय लिनै पर्ने हुन्छ । भारतीय मूलका अमेरिकी लेखक दीपक चोपडाले चाहिँ सफल हुन चाहनेका लागि सात सूत्र दिएका छन् । ती हुन्ः
१. आफ्नो सामु नै चुनौती राख्नुहोस्
२. स्थितिको आँकलन गर्नुहोस्
३. परामर्श लिनुहोस्
४. फैसला गर्नुहोस्
५. काम सुरु गर्न एउटा निश्चित दिशामा कदम उठाउनुहोस्
६. परिणाम हासिल गर्नुहोस्
७. परिणामका लागि जवाफदेयी हुन वा नतिजा स्वीकार गर्न तयार हुनुहोस्
यी सात कुरालाई ध्यान दिएर आफूलाई स्पष्ट हुने गरि निर्णय लिँदा धेरै कुरामा सफलता पाउन सकिन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए