पोखरा । होली खेल्ने क्रममा बुधबार अनुचित व्यवहार गरी कुटपिटमा समेत संलग्न भएका एक सय एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । होलीका क्रममा अनावश्यक हो—हल्ला गरी झै—झगडा गर्ने २ महिला सहित १ सय १ जना पोखराको बिभिन्न क्षेत्रबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार बुधबार पक्राउ परेका मध्ये ४२ जनालाई अनुसन्धान पछि आफन्तको जिम्मामा छाडिएको छ भने बाँकी ५९ जनालाई अनुसन्धान गरिरहेको छ ।
पोखरामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५० बढि सवारी कारवाहीमा
होलीमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनिकरणका लागि खटिएका ट्राफिक प्रहरी कास्कीको टोलीले ५० जना भन्दा बढी सवारीलाई कारवाही गरेको जनाएको छ । बुधबार परेको होली पर्वको अवसरमा ट्राफिक चेकिङ तीब्र बनाएसँगै नियम उल्लङ्घन गर्ने ५० जना भन्दा बढी सवारी चालक कारवाहीमा परेका हुन् । बुधबार कास्की प्रहरीले सिभिल मोवाईल सहितका ६ सय भन्दा बढी सुरक्षाकर्मी विभिन्न स्थानमा खटाएको जनाएको छ ।
काठमाण्डौ उपत्यकाभित्र ९१८ सवारी चालक कारवाहीमा
तर, काठमाण्डौ उपत्यकाभित्र ट्राफिक प्रहरीले होली पर्वमा जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिएका छन् ।
अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ
होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो