म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको प्रवेशद्धारमै रहेको ‘सानो फेवाताल’को नामले चिनिने दह तालको संरक्षणमा स्थानीयले चासो देखाएपनि पर्यटकको पर्खाइमा रहेको छ । तलको बीचमा गाउँ र प्रकृतिको हरियो विम्ब (छायाँ) देखिने ताल निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको ताल संरक्षण समितिका अध्यक्ष कुलबहादुर थापाले बताए ।
उहाँका अनुसार आर्थिक सहयोगले तारबार सहित केही संरचना बनाएपनि तालमा स्नान गर्न मिल्ने गरी आसपासका क्षेत्रमा साईकिलिङको सुविधालाई समेत मध्यनजर गरेर पूर्वाधारको आवश्यकता रहेको छ । नीलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको छ । तालको बीचमा रहेको बराहलाई पोखराको फेवातालमा रहेको बराह देवताको भाईको रुपमा समेत चिनिन्छ ।
ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको पुछारमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने त्यहाँ घुम्न गएका बेनीका नरेश श्रेष्ठले बताए ।
श्रेष्ठले तालका बारेमा जानकारी पाएपछि घुम्न आएको बताउँदै ताल देखेर उत्साहित भएको प्रतिक्रिया समेत दिनुभयो । साथीहरुलाई समेत घुम्न जान अनुरोध गर्ने उहाँको भनाइ थियो । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ । दह ताल करिब पाँचसय बर्ग्मिटर क्षेत्रफलमा फैलिएको छ ।
ध्रुबसागर शर्मा /ढोरपाटन न्यूज
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा