सूर्य तिमिल्सिना । पोखरा महानगरपालिका वडा नं. ७ निबासी गोपाल श्रेष्ठ तिनै व्यक्ति हुन् जो कुनै समय दुनियाँ भन्दा बेग्लै थिए र सामाजिक रुपमा उपेक्षाको सिकार समेत बनेका थिए ।जीवनको पुर्व समय लागुपदार्थ दुर्व्यसनीमा मात्र फंसेनन् दुर्ब्यसनीकै कारण एचआईभी संक्रमित समेत बन्न पुगे । त्यस्तो अवस्थाको मान्छे पछी गएर कसैको प्रेरणाको श्रोत बन्ला भनेर कसैले आंकलन समेत गरेका थिएनन् उनीलाई । बरु उल्टै समाजमा तिरस्कार र अपमानको पात्रको रुपमा चिनिन्थे ।
हिजो आफ्नै जीवन देखि हारेको व्यक्ति आज मृत्युलाई समेत हराएर धेरै युवाको प्रेरणाको श्रोत बन्न पुगेको छ भन्दा बिश्वास गर्न गार्है पर्छ । तर उनि नयाँ जोश र जाँगरका साथ एउटा सार्थक अभियानको दौडमा छन् । त्यो हो सगरमाथा आरोहण । हजारौ मानिसहरुले चुमिसकेको सगरमाथाको आरोहण फेरी अरु कसैले आरोहणको तयारी गरिरहेछ भन्ने विषय खास मानिसहरुका लागी नौलो नहुन सक्छ ।तर उनको बिगत र बर्तमानलाई केलाउने हो भने आफ्नो जीवन देखि हार खाएका र केहि गर्ने अठोट भएकालाई प्रेरणाको श्रोत बन्न पुगेका छन् ।
६ हजार मिटर माथिका तिन वटा हिमालको सफलातापूर्बक आरोहण गरिसकेका उनि पुर्ब राष्ट्रिय टिमका फुटबलर समेत हुन् । एच.आइ.भी संक्रमित समेत समाजमा केहि गर्न सक्षम छन् भन्ने देखाउनु र उनीहरु प्रति समाजका आम मानिसको दृष्टीकोण परिवर्तन गर्नु नै उनको सगरमाथा आरोहण अभियानको मुख्य उद्देश्य हो ।
एच आई भी संक्रमित श्रेष्ठले बोलेर भन्दा पनि गरेर देखाउनुपर्ने र कामलाई बढी महत्व दिनुपर्ने बताए । उनले राम्रो कार्यमा सहयोगको लागि अपिल गर्दै सबै सामाजिक व्यक्तित्वलाई सहयोगको आह्वान समेत गरेका छन् ।सगरमाथा आरोहणको लागि करिब ४५ लाख लाग्ने अनुमान गरिएको छ । जसमध्ये आधा जसो रकमको जोहो भैसकेको छ भने बाँकी रकमको लागि सबैमा सहयोगको लागि आग्रह गरेका छन् ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस