अश्विन दानी, पोखरा । यातायात ब्यबस्थापन तथा सवारी अनुमती पत्र कार्यालय गण्डकीमा अबदेखि १९ रुपैँयामा मेडिकल रिपोर्ट दिन थालेको छ । कार्यालयले सवारी चालक अनुमती पत्र लिन आउने सेवाग्राहीहरुलाई यहि चैत्र १ गतेदेखि १९ रुपैँयामा मेडिकल रिपोर्ट दिने थालेको हो ।
यातायात ब्यबस्थापन तथा सवारी अनुमती पत्र कार्यालय गण्डकीले टेण्डर आव्हान गरि सबैभन्दा कम मूल्यमा सेवा प्रदान गर्ने डा.राजेन्द्र मानन्धरलाई मेडिकल रिपोर्टको जिम्मेवारी दिएको कार्यालय प्रमुख दिपक पोखरेलले जानकारी दिए ।
‘हामिले टेण्डर आव्हान गरेर सबैभन्दा कम मूल्यमा रिपोर्ट तयार पार्नेलाई मेडिकल रिपोर्ट गर्न दिएका हौँँ’ पोखरेलले भने, ‘टेण्डर आव्हान भएर सम्झौता भए अनुसार डा.राजेन्द्र मानन्धरले गत चैत्र १ गतेबाट १९ रुपैँयामा नै मेडिकल रिपोर्ट प्रदान गर्न थाल्नु भएको छ ।’ यस अघि मेडिकल रिपोर्ट बनाउन ९० रुपैँया शुल्क लिने गरिन्थ्यो ।
कार्यालय प्रमुख पोखरेलका अनुसार १८ रुपैँया निरोगिताको प्रमाण पत्र र १ रुपैँया व्लड ग्रुप गरि मेडिकल रिपोर्टका लागि कुल १९ रुपैँया तिर्नुपर्ने छ । मेडिकल रिपोर्ट शुल्क ९० रुपैँयाबाट घटेर १९ रुपैँयामा नै बन्ने भएपछि सेवाग्राहीहरुले खुसी ब्यक्त गर्ने गरेको पाखरेलले बताए ।
कसैले अनावश्यक शुल्क मागे उजुरी गर्नुस् : कार्यालय प्रमुख
सबै सेवा प्रदायक संस्थामा सरकारी दररेट भन्दा बढि शुल्क तिर्नु नपर्ने बताउँदै कोही कसैले अनाबश्यक शुल्क मागे सम्बन्धीत ठाउँमा उजुरी गर्न कार्यालय प्रमुखले सेवाग्रँहीहरुलाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख दिपक पोखरेल
‘सरकारी दररेट भन्दा बढि एक रुपैँया पनि कहिकतै दिनु पर्दैन्’ पोखरेलले भने, ‘कोही नबुझेका मानिसहरुलाई कोहि कसैले ठग्ने र अनाबश्यक शुल्क लिने गर्न सक्छन् । त्यसरी दिनुपनि गलत हो र यदी कसैले त्यसरी अनाबश्यक पैसा मागे भने सबै सेवाग्राहीहरुले सम्बन्धीत ठाउँमा उजुरी गर्नु हुन अनुरोध गर्छु ।’ कार्यालयमा रसिद लिएर मात्रै पैसा दिने गरेमा सेवाग्राहीहरु ठगिनबाट बच्ने गरेको उनले बताए ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने