शनिबार बेलुका एक प्रहरी जवानलाई प्रहरीले नै पक्राउ ग¥यो । ती थिए वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी जवान किरण भुजेल ।भुजेल पहिलोपटक पक्राउ परेका भने होइनन् । उनी पक्राउ पर्नु जिल्ला प्रहरी कार्यालय कास्कीका लागि पनि नयाँ हैन ।
प्रहरीले नै उनलाई कहिले तास खेल्दै गर्दा पक्राउ गरेको छ भने कहिले महोत्सवमा पैसा असुली गरेको आरोपमा पक्राउ गरेको छ । केही समयदेखि उनले पोखरामा विभिन्न ठाउँमा यौन व्यवसायीसँग सादा पोसाकको प्रहरी हँु भन्दै पैसा उठाउँदै आएका थिए ।
कहिले संघीय प्रहरी कार्यालय त कहिले गण्डकी प्रदेश ४ प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी हुँ भन्दै उनले पैसा माग्दै आइरहेको पीडितले बयान दिएका छन् । उनले होटल अनुसार ३ हजारदेखि ५ हजारसम्म पैसा असुल्दै आएका थिए ।
शनिबार पनि पोखराको एक होटलमा उनले रक्सी पिएर पैसा तिर्ने बेला सादा पोसाकको प्रहरी हुँ भनेर पैसा मागेका थिए । सोही समयमा प्रहरीले नै उनलाई पक्राउ गरेको हो । प्रहरी जवान भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा राखिएको छ ।
गत माघ २९ गते भुजेलले पोखरा १ काँहु महोत्सवका केही स्टलबाट पैसा उठाएपछि प्रहरीले पक्राउ गरेको थियो । उक्त समयमा स्टलबाट उठाएको पैसाले भुजेलले रक्सी खाएर आयोजकलाई नै धम्की दिएपछि आयोजकले नै प्रहरीको जिम्मा लगाएका थिए ।
उक्त समयमा जिल्ला प्रहरी कार्यालय कास्कीले भुजेललाई सिल्दजुरेमा सरुवा गरेको थियो । त्यता पनि उनले स्थानीयसँग पैसा मागेको गुनासो आएपछि वडा प्रहरी कार्यालय रामबजार खटाइएका हुन् ।
भुजेलले पछिल्लो समय गरेको असुलीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनले भुजेल दोषी भेटिए विभागीय कारबाही गर्ने बताए ।
समाधान दैनिकबाट
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने