नानचिङ : पुरातत्वविद्ले चीनको च्याङसु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन्।
उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो।
नानचिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताले ल्याङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन्।
मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको पुरातत्वविद् चाओ हङमिङले बताए। ‘सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्। तिनलाई नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ’, उनले भने।
अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताको भनाइ छ। प्राचीन चिनियाँ चिहानमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन। अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ। वैज्ञानिकहरूका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो।
सन् २०१५ मा चीनको दक्षिणपश्चिम क्वाइचाओ प्रान्तमा पुरातत्वविद्हरूले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो। सिन्ह्वा
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी