पोखराका नाम चलेका साकाहारी रेस्टुरेन्टमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले महेन्द्रपुलको मारवाडी भोजनालय, न्युरोडको आँगन, सिर्जनाचोकको जयसवाल भोजनालय, सिमलचौरको अनमोल दूध सप्लायर्समा अनुगमन गरेको हो ।
टोलीमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, उपझोक्ता मञ्चका प्रतिनिधि सहभागी थिए । बाह्रैमास भीड लाग्ने मारवाडी भोजनालयमा दूषित तेलमा खानेकुरा बनाउने गरेको पाइएको छ । गुणस्तर मापन गर्ने मेसिनजडित गाडीसहित टोलीले अनुगमन गरेको थियो ।
एकपटक भाँडामा राखेको तेल पटकपटक तताएर खानेकुरा पकाएका कारण तेल अत्यधिक दूषित भएको खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी बताउँछन् । यस्तो तेलमा पकाएको खानाले जण्डिस हुने, भोक नलाग्ने, ग्यास्ट्रिक हुने लगायत समस्या देखिने अधिकृत सुवेदीको भनाइ छ । उक्त रेस्टुरेन्टमा बनाएको समोसा र तेल टोलीले नस्ट गरेको छ । भान्सासमेत फोहोर भएकाले सुधार्न टोलीले निर्देशन दिएको छ ।
भोजनालयलाई भान्छा सफा गरेर २ दिन भित्र खाद्य प्रविधि तथा डिभिजन तथा गुण नियन्त्रण कार्यालयमा सम्पर्क राख्न टोलीले निर्देशन दिएको छ । न्युरोडको आँगन रेस्टुरेन्टमा पनि बिग्रेको तेलमा खानेकुरा बनाएको पाइएको टोलीले बताएको छ । त्यहाँको केही तेल नष्ट गरिएको छ ।
यसैगरी सिर्जनाचोकमा रहेको जयससवाल भोजनालयमा समोसा जेरी लगायतका खानेकुरा पनि दुषित तेलमा बनाएको पाइएको छ । सिमलचौरको अनमोल दूध सप्लायर्सले अनुज्ञापत्र नलिइ घिउ उत्पादन गरेको भेटिएको छ ।
अनुगमनको क्रममा प्रयोग गरिएको घुम्ती प्रयोशाला गाडीमा मंगलबारको लागि मात्र पोखरा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कार्यालय प्रमुख प्रशान्त पोख्रेलले बताए । नेपालमा उक्त गाडीमा अत्याधुनिक सामान जडान गरिएको कारण अनुगन गर्न सजिलो भएको उनको भनाइ थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने