जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु (नामसहित)

जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु (नामसहित)

accident

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीस्थित डडुवाडाँडामा भएको स्कार्पियो जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भिर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएपछि मृत्यु हुनेहरुको संख्या ७ पुगेको हो ।

दुर्घटनामा परि ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङ्मा शेर्पा, सोही स्थानका ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय ङवाङ शेर्पा, ३२ वर्षीय नुमा शेर्पा र डोमा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका काठमाडौं बौद्धकै ५४ वर्षीय डुसांगे शेर्पाको समेत उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

जिप दुर्घटनामा गम्भिर घाईते भएका आठ वर्षीय बालक ओँकेला शेर्पा र गाडी चालक कृष्ण श्रेष्ठलाई थप उपचारका लागी काठमाडौस्थित ग्राण्डी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समेत गम्भिर छ ।

आईतबार दिउसो ११ः ४५ बजे सोलुखुम्बुको जुनबेशी ठुलो गुम्बा भ्रमण गरेर काठमाडौंतर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाममा ल्याइँदैछ । news source :ratopati

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ