कास्कीमा स्कुटर र मोटरसाइकल चोर्ने गणेश पक्राउ

कास्कीमा स्कुटर र मोटरसाइकल चोर्ने गणेश पक्राउ

ppp-

पोखरा । कास्की प्रहरीले स्कुटर र मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा एक युवकलाई सोमबार पक्राउ गरेको छ । मुस्ताङको लेते–६ निवासी २६ बर्षीय गणेश गौचनलाई प्रहरीले पृथ्वीचोकवाट पक्राउ गरेको हो । उजुरी परेपछि प्रहरीले खोजी थालेको थियो ।

चोरीका दुई स्कुटर र एक मोटरसाइकल सहित प्रहरीले सोमबार गौचनलाई पक्राउ गरेको हो । उनी विरुद्व चोरी मुद्दा अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ