युवाइएनले लमजुङमा गर्ने कमेडी सो को रकम सामाजिक कार्यमा

युवाइएनले लमजुङमा गर्ने कमेडी सो को रकम सामाजिक कार्यमा

56422327_434098733992316_2944957889732673536_n

सूर्य तिमिल्सिना, पोखरा । ‘हाँस्दै हँसाउदै सामाजिक कार्यमा युवाको हात’ भन्ने मुल नाराका साथ युवाइएन युथ फर नेसनले आगामि चैत्र २८ गतेदेखि लमजुङमा ‘लाइभ स्ट्याण्ड अप कमेडि सो’ गर्ने भएको छ । कमेडी सोबाट भएको नाफा रकम सामाजिक कार्यमा खर्च गर्ने उदेश्यले कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । लमजुङ क्याम्पस, सुन्दर बजारमा हुने उक्त सोमा पछिल्लो समय युट्युब मार्फत कमेडी सो प्रदर्शन गरेर चर्चामा आएको नेप्स ग्याज्म टोलीको प्रस्तुति रहने छ ।

आयोजकका अनुसार ‘नयाँ बर्षको उमंग संगै अब हाँस्ने छ लमजुङ’ नाम दिइएको उक्त कार्यक्रम बिहान ११ बजे र दिउसो ३ बजे गरि दुई चरणमा सम्पन्न हुने छ । करिब २ बर्ष अघि स्थापना भएको युवाहरुको समूह युनाइटेड युथ फर नेसन ‘युवाइएन’ को आयोजनामा कार्यक्रम हुन लागेको हो ।

स्थापना काल देखि बाढी पिडितलाई राहत वितरण,चेपाङ समुदायलाई सहयोग,दुर्गम भेगका सरकारी बिद्यालयमा शैक्षिक सामग्री सहयोग लगायत करिब २ दर्जन साना ठुला सामाजिक कार्यक्रम गरिसकेको यो संस्था काठमाडौं,पोखरा,चितवन,नेपालगंज,लमजुङ लगायतका स्थानमा आधारित भएर बिभिन्न कार्य गर्दै आएको छ ।

आयोजक संस्थाका संस्थापक अध्यक्ष समेत रहेका बिशाल सापकोटाका अनुसार यो कमेडी शो बाट बचेको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरिने छ । टिकट मुल्य २०० रुपैयाँ रहेको उक्त कमेडी शो मा सहभागी भएर खुलेर हाँस्न समेत पाइने साथ साथैसामाजिक कार्यमा समेत योगदान पुग्ने हुनाले आयोजकले सम्पूर्णलाई सहभागिताको लागि आह्वान समेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ