पोखरा ।नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमितीलाई बधाईसहित सम्मान गरिएको छ । सोमबार पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद बिकास समिती र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको संयुक्त आयोजनामा एक कार्यक्रम गरि खेलकुद पत्रकार मंच गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमितीलाई बधाईसहित सम्मान गरिएको हो ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, तालिम तथा प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल हक्की संघका केन्द्रिय उपाध्यक्ष हिमाल खड्का लागएतले नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सम्मान गरेका थिए ।
‘खेलाडी र खेलुकदमा कलम चलाउने पत्रकार हरुका नङ र मासुको जस्ते सम्बन्ध हुन्छ’ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले भने, ‘ त्यसैले म खेलकुदमा देखिएका विकृती र विसगंती विरुद्ध कलम चलाउने मात्रै नभई भएका राम्रा गतिविधीलाई समेत जनमानसमा पुर्याउन सबैलाई आग्रह गर्छु ।’ खेलकुदमा संचालन भइरहेका साना ठूला प्रतियोगिताहरुलाई जनमानसमा पुर्याई खेलाडीको हौसला अभिवृद्धी गर्न तथा खेलाडीका जीवनका व्यक्तिगत कुराहरुलाई समेत संचार माध्यम मार्फत आम जनमानसमा पुर्याउनु पर्नेमा उनले जोड दिए ।
कास्की जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष एवम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको कायक्रममा मंचका नवनिर्वाचित अध्यक्ष एकराज गिरीले मंचले आयोजना गर्ने चौथो संस्करणको पोखरा स्पोर्टस् अर्वाडलाई सफल पार्न सहयोगको अपिल गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला