पोखरा । पोखरामा संचालन हुने ट्याक्सी अनिर्वाय रुपमा मिटरमा संचालन हुने पटक पटक सहमति भएपनि अहिलेसम्म लागू भने भएको छैन । कतिले मिटरमा हिँडेर पनि पैसा थपेर दिने गरेका छन्, कति मिटरमा जान नमान्दा भनेबमोजिम पैसा दिँदै ट्याक्सी चढेका छन् । २०६९ सालदेखि भाडामा बृद्धि नभएकाले भाडा समायोजन नभएसम्म मिटरमा हिँड्न सक्दैनौं भन्ने ट्याक्सी चालकको भनाई पनि नाजायज भने होइन । तर, यात्रुलाई नै दुव्र्यवहार गर्ने, हातपात गर्ने, दादागिरी देखाउने समेत काम भएका छन् ।
पोखरामा मंगलबार दिउँसो एक पत्रकार ट्याक्सीचालक बाट झण्डै कुटिए । चितवनबाट पृथ्वीचोक झरेलगत्तै यात्रुकै रुपमा ट्याक्सी चढ्न लागेका उनले नदिपुरसम्म ट्याक्सीमा मिटरमा जान भने । तर, मिटरमा जान मानेनन् । त्यहाँका सबै ट्याक्सीचालक तत्काल जम्मा भए र दुव्र्यवहार गर्न थाले । बरालको टिसर्टमा समातेर ‘तेरो टिसर्टमा तँ कति ठगिएको छ थाहा छ तलाईं ? आफै कार किनेर चला’ भन्दै हातपात गरी दुव्र्यवहार गरे । अहिले ति चालक अनिल गुरुङ प्रहरी हिरासतमा छन् ।
बरालले तत्काल प्रहरीलाई ग १ ज ४२२०, ग १ ज ५१८४ नम्बरको ट्याक्सी चालकलाई कारबाही गर्न उजुरी गरे । पत्रकार बराल नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव हुन् । गुरुङलाई वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखिएको छ । एसपी ओम रानाले तत्काल एक्सनमा जान निर्देशन बमोजिम ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले सादा पोशाकमा प्रहरी खटाई मिटरमा जान नमान्ने ३१ ट्याक्सी चार घण्टाकै अवधिमा कारबाहीको दायरामा ल्याएका छन् ।
सम्बन्धित खबर
प्रचण्ड कप भलिबल: उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने, न्यु डायमण्ड एपीएफसँग पराजित
प्रचण्ड कप भलिबल: एभरेस्ट क्लबलाई हराउँदै एनपिसी फाइनलमा
बुटवल र पोखराका व्यवसायीबीच आपसी सहकार्यमा जोड
झोला बनाउने तालिम सकियो
प्रचण्ड कप भलिबल: न्यु डायमण्ड र एभरेस्ट सेमिफाइनलमा, गण्डकी बाहिरियो
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग