पोखरा । पोखरामा संचालन हुने ट्याक्सी अनिर्वाय रुपमा मिटरमा संचालन हुने पटक पटक सहमति भएपनि अहिलेसम्म लागू भने भएको छैन । कतिले मिटरमा हिँडेर पनि पैसा थपेर दिने गरेका छन्, कति मिटरमा जान नमान्दा भनेबमोजिम पैसा दिँदै ट्याक्सी चढेका छन् । २०६९ सालदेखि भाडामा बृद्धि नभएकाले भाडा समायोजन नभएसम्म मिटरमा हिँड्न सक्दैनौं भन्ने ट्याक्सी चालकको भनाई पनि नाजायज भने होइन । तर, यात्रुलाई नै दुव्र्यवहार गर्ने, हातपात गर्ने, दादागिरी देखाउने समेत काम भएका छन् ।
पोखरामा मंगलबार दिउँसो एक पत्रकार ट्याक्सीचालक बाट झण्डै कुटिए । चितवनबाट पृथ्वीचोक झरेलगत्तै यात्रुकै रुपमा ट्याक्सी चढ्न लागेका उनले नदिपुरसम्म ट्याक्सीमा मिटरमा जान भने । तर, मिटरमा जान मानेनन् । त्यहाँका सबै ट्याक्सीचालक तत्काल जम्मा भए र दुव्र्यवहार गर्न थाले । बरालको टिसर्टमा समातेर ‘तेरो टिसर्टमा तँ कति ठगिएको छ थाहा छ तलाईं ? आफै कार किनेर चला’ भन्दै हातपात गरी दुव्र्यवहार गरे । अहिले ति चालक अनिल गुरुङ प्रहरी हिरासतमा छन् ।
बरालले तत्काल प्रहरीलाई ग १ ज ४२२०, ग १ ज ५१८४ नम्बरको ट्याक्सी चालकलाई कारबाही गर्न उजुरी गरे । पत्रकार बराल नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव हुन् । गुरुङलाई वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखिएको छ । एसपी ओम रानाले तत्काल एक्सनमा जान निर्देशन बमोजिम ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले सादा पोशाकमा प्रहरी खटाई मिटरमा जान नमान्ने ३१ ट्याक्सी चार घण्टाकै अवधिमा कारबाहीको दायरामा ल्याएका छन् ।
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्