आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…

आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…

55865116_2544025022278776_8564865825670955008_n-614×768

एजेन्सी । साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना-सानामा खुसी।

अहिले भारतका भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् । उनको कामले धेरैलाई भावुक र चकित बनाएको छ । भारत मिजोरम राज्यका एक बालक चल्ला बोकेर अस्पताल पुगेको विषय सामाजिक सञ्जाल व्यापक भाइरल भइरहेको छ।

मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस छिमेकीकाे कुखुराको एउटा चल्ला किच्यो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो ।

इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा पुगे ।

जब त्यो तस्बिर फेसबुकमा पोस्ट भयो लगत्तै हजारौले सेयर गरे, जसमा सयौ प्रतिक्रिया जनाइयो । याे समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८२ हजार सेयर भएकाे छ । तस्बिर यतिखेर भारतका साथै धेरैतिर भाइरल बनेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ