दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा

दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा

alu mahotsab

पोखरा । आगामि यहि चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को सम्पूर्ण तयारी पूरा भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवको सम्पूर्ण तयारि पूरा भएको आयोजक समितिले जनाएको हो ।

महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए । महोत्सवमा प्रतिकिलो ३२ रुपैयाँमा आलुको कारोवार गरिनेछ । महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहने महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सव प्रवेशका साधरण ब्यक्तिका लागि ८० रुपैँया र विद्यार्थी सहुलियत तथा तीन सयमा महोत्सव अवधिभ ५० रुपैँया लाग्ने छ । स्थानीय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रचार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए ।  महोत्सवको आकर्षणहरुमा आलका बिभिन्न परिकार तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, विविध सांस्कृतिक कार्यक्रम, हाँस्य कलाकारहरुका प्रस्तुति लगायत रहेका छन् ।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले
जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ