मनिपालमा औषधि साटिँदा बिरामी मृत्यु प्रकरणः अस्पतालबाट अस्विकार, ‘उपचार खर्च, एम्बुलेन्स खर्च दिन्छौं, शव बुझ’

मनिपालमा औषधि साटिँदा बिरामी मृत्यु प्रकरणः अस्पतालबाट अस्विकार, ‘उपचार खर्च, एम्बुलेन्स खर्च दिन्छौं, शव बुझ’

manipal hospital

पोखरा । मनिपाल अस्पताल प्रशासन र मृतकको आफन्तबीच कुरा नमिल्दा बिहीबार पनि बागगलुङका धनबहादुर परियारको शव उठ्न सकेन । अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका मृतकका आफन्तलाई अस्पताल प्रशासनले एक रुपैँया पनि क्षतिपूर्ति नदिने बताएपछि शव उठ्न नसकेको हो । गएको मंगलबार बागलुको जैमिनी नगरपालिका वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको थियो ।

आफन्तले शव उठाउन नमानेपछि बुधबार र बिहीबार अस्पताल प्रशासन र मृतकका आफन्तहरुबीच पटक—पटक वार्ता भएको थियो । वार्ताको क्रममा अस्पताल प्रशासनको तर्फबाट अस्पतालका निर्देशक ए.एल शर्माले क्षतिपूर्ति नदिने तर अस्पतालमा लागेको खर्च र एम्बुलेन्स खर्च दिने प्रस्ताव राखेका थिए । ढोरपाटन दैनिकमा समाचार छापिएको छ ।

मृतकका आफन्तका अनुसार डा.शर्माले अस्पतालले एक रुपैँया पनि क्षतिपूर्ति नदिने बताएका छन् । ‘डा.शर्माले गलत औषधीले मृत्यु भएको प्रमाण भए अदालत जानुहोस, हामिले एक रुपैँया पनि दिन्नौँ भन्नु भएको छ । नाम मात्रको वार्ता भयो’ मृतकको आफन्तले भने ।

अस्पताले वार्तामा मृतकका परिवारलाई उपचार, पोष्टमार्टम तथा एम्बुलेन्स खर्च ब्यहोरिदिने शर्तमा शव लैजान भने पनि आफन्तले शव उठाउन मानेका छैनन् । ‘अस्पतालले औषधीकै कारण मृत्यु नभएको जिकिर गरेको छ । प्रमाण लिएर आए सबै क्षतिपूर्ति दिने भनेको छ’ मृतकका आफन्तले भने, ‘तर, गलत औषधीका कारण बिरामीको मृत्यु भएको हो । हामि के गर्ने सल्लाह गर्दैछौँ ।’ खोकि लाग्ने तथा टाउको दुख्ने भएपछि धनराजलाई उपचारका लागि मनिपाल अस्पताल ल्याईएको थियो । छोरा केशवका अनुसार धनराजलाई अस्पताल ल्याउने बित्तिकै ईसिजी गराएपनि रिपोर्टमा केहि नदेखिएपछि डाक्टरहरुले ओपिडीमा पठाएका थिए । तर, उनको राती करिब ८ः३० बजे ओपिडीमा नै धनराजको मृत्यु भयो ।

‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको वेडमा रहेको अर्को बिरामीलाई ल्याईएको सुई उनकै वेडबाट निकालेर बुबालाई लगाएपछि बुबाको मृत्यु भएको हो’ मृतकका छोरा केशव भन्छन्, ‘सुई लगाउन साथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनुभयो र दुई मिनेटमै उहाँको मृत्यु भयो ।’ स्वास्थ्यकर्मीहरुले अर्काको लागि राखिएको सुई पितालाई लगाएर जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बसेकी बहिनी बिमलाले देखेको उनले दाबी गरे । मृतकका परियारका आफन्तका अनुसार अस्पतालका निर्देशक ए।एल शर्माले गलत औषधी भएको स्वीकारेपनि औषधीकै कारण बिरामीको मृत्यु नभएको दाबी गरिरहेका छन् ।

‘औषधी गलत प्रयोग भएकै हो, तर गलत औषधीका कारण बिरामीको निधन भएको होईन्’ अस्पताल स्रोतलाई उधृत गर्दै बिरामीको आफन्तले भने । डा। शर्माको मोवाईल फोन लगातार अफ छ । उनी सम्पर्कमा आएका छैनन् । गण्डकी प्रदेशसभम सदस्य कृष्ण थापा पनि मनिपाल अस्पताल पुगेका छन् । थापाका अनुसार अस्पतालले ५० हजार रुपैँया दिने कुराकानी भएको छ ।

‘अस्पतालले ५० हजारसम्म दिने भनेको छरे । गलत औषधीकै कारण रियाक्सन भएर बिरामीको मृत्यु भएको हो। अस्पतालले धम्कीको भाषा बोल्दै अदालत जान भन्छ । यो देशमा न्याय पनि नपाएईने भया’ सांसद थापाले भने । मनिपाल अस्पताल बिगतमा पनि यस्ता प्रकरण घट्ने गरेका छन् । साथै, कर्मचारीलाई तलब नदिनेदेखि लिएर अस्पतालमा तालाबन्दी लगायतका बिषयमा बारम्बार विबादमा आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ