पोखरा । पोखरा एयरपोर्टबाट क्यानडा लैजाने भन्दै एक नेपालीले ६ जना बंगलादेशी नागरिकलाई ठगि गरि फरार भएका छन् । अप्रिल ३ तारिखमा पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट आबुधाबी ट्रान्जिट हुँदै क्यानडाको टोरेन्टोसम्मको टिकट दिएर एक नेपालीले ६ जना बंगलादेशीहरुसँग ३ हजार ६ सय अमेरिकी डलर लिएर फरार भएका हुन् ।
नेपाली बाटो हुँदै क्यानडा लैजाने भनेर सिद्दि गत फागुन २४ गते बंगलादेशबाट सिद्दिकी स्माइनल ना गरेकी एक बंगलादेशी नागरिकले ६ जना ल्याएर हाल ठगि गरेर फरार हुने नेपालीको जिम्मा लगाएका थिए । ६ जना बंगलादेशीलाई क्यानडा पु¥याउने जिम्मा लिएका उक्त नेपालीले उनीहरुलाई काठमाण्डौँको नयाँ बसपार्कमा रहेको होटल पिस डिभाईनमा राखेर ३ हजार ६ सय अमेरिकी डलर लिएर फरार भएको प्रहरीले जनाएको छ ।
गत मार्च ८ तारिखमा बंगलादेशीहरु नेपाल ल्याउने सिद्दिकीले उनीहरुलाई एक नेपालीको जिम्मा लगाएर सम्पर्क बिहिन् भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । क्यानडा पु¥याउने नेपालीले पनि उनिहरुलाई बुधबार पोखरा बिमानस्थलबाट इत्तिहादको बिमानस्थल मार्फत आबुधाबी हुँदै क्यानडा जाने टिकट दिएर फरार भए । क्यानडा जान पाउने कुरामा मख्ख परेर बसेका उनीहरुलाई होटलवालाले कहाँ जाने भनेर सोधीखोज गरे । ती बंगलादेशीहरुले पोखरा हुँदै क्यानडा जाने कुरा सुनाएपछि होटलवाला समेत झस्किए । त्यसपछि मात्रै उनीहरुलाई पोखरामा अन्तराष्ट्रिय बिमानस्थल छैन आफुहरु ठगियौँ भन्ने कुरा थाहा भयो ।
जब होटलवालाले उनीहरु ठगिएको थाहा पाए त्यसपछि उनी आफैँले प्रहरी बोलाए । प्रहरी आएर ती ठगिएका ६ जना बंगलादेशीहरुलाई उद्धार गरेर राखेको छ । गत मार्च ८ गते नेपाल आएका उनीहरुसँग हाल खानका लागि समेत खर्च छैन् । उनीहरुसँग भएका सबै पैसा बिचौलिया र बंगलादेशबाट ल्याउने मानिसले लगेपछि प्रहरीले नै उनीहरुलाई आश्रय दिएर राखेको छ । उनीहरुसाग पैसा लिएर फरार भएक नेपालीको खोजि भईरहेको र बंगालीहरुलाई स्वदेश फर्काउनका निम्ती बंगलादेश राज दुतावाससँग कुरा गर्ने प्रहरीले जनाएको छ ।
श्रोतः क्यापिटल नेपाल
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो