हुँदै नभएको पोखरा एयरपोर्टबाट क्यानडा लैजाने भन्दै ६ जनालाई ठगी

हुँदै नभएको पोखरा एयरपोर्टबाट क्यानडा लैजाने भन्दै ६ जनालाई ठगी

pokhara airpot

पोखरा । पोखरा एयरपोर्टबाट क्यानडा लैजाने भन्दै एक नेपालीले ६ जना बंगलादेशी नागरिकलाई ठगि गरि फरार भएका छन् । अप्रिल ३ तारिखमा पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट आबुधाबी ट्रान्जिट हुँदै क्यानडाको टोरेन्टोसम्मको टिकट दिएर एक नेपालीले ६ जना बंगलादेशीहरुसँग ३ हजार ६ सय अमेरिकी डलर लिएर फरार भएका हुन् ।

नेपाली बाटो हुँदै क्यानडा लैजाने भनेर सिद्दि गत फागुन २४ गते बंगलादेशबाट सिद्दिकी स्माइनल ना गरेकी एक बंगलादेशी नागरिकले ६ जना ल्याएर हाल ठगि गरेर फरार हुने नेपालीको जिम्मा लगाएका थिए । ६ जना बंगलादेशीलाई क्यानडा पु¥याउने जिम्मा लिएका उक्त नेपालीले उनीहरुलाई काठमाण्डौँको नयाँ बसपार्कमा रहेको होटल पिस डिभाईनमा राखेर ३ हजार ६ सय अमेरिकी डलर लिएर फरार भएको प्रहरीले जनाएको छ ।

गत मार्च ८ तारिखमा बंगलादेशीहरु नेपाल ल्याउने सिद्दिकीले उनीहरुलाई एक नेपालीको जिम्मा लगाएर सम्पर्क बिहिन् भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । क्यानडा पु¥याउने नेपालीले पनि उनिहरुलाई बुधबार पोखरा बिमानस्थलबाट इत्तिहादको बिमानस्थल मार्फत आबुधाबी हुँदै क्यानडा जाने टिकट दिएर फरार भए । क्यानडा जान पाउने कुरामा मख्ख परेर बसेका उनीहरुलाई होटलवालाले कहाँ जाने भनेर सोधीखोज गरे । ती बंगलादेशीहरुले पोखरा हुँदै क्यानडा जाने कुरा सुनाएपछि होटलवाला समेत झस्किए । त्यसपछि मात्रै उनीहरुलाई पोखरामा अन्तराष्ट्रिय बिमानस्थल छैन आफुहरु ठगियौँ भन्ने कुरा थाहा भयो ।

जब होटलवालाले उनीहरु ठगिएको थाहा पाए त्यसपछि उनी आफैँले प्रहरी बोलाए । प्रहरी आएर ती ठगिएका ६ जना बंगलादेशीहरुलाई उद्धार गरेर राखेको छ । गत मार्च ८ गते नेपाल आएका उनीहरुसँग हाल खानका लागि समेत खर्च छैन् । उनीहरुसँग भएका सबै पैसा बिचौलिया र बंगलादेशबाट ल्याउने मानिसले लगेपछि प्रहरीले नै उनीहरुलाई आश्रय दिएर राखेको छ । उनीहरुसाग पैसा लिएर फरार भएक नेपालीको खोजि भईरहेको र बंगालीहरुलाई स्वदेश फर्काउनका निम्ती बंगलादेश राज दुतावाससँग कुरा गर्ने प्रहरीले जनाएको छ ।

श्रोतः क्यापिटल नेपाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ