विश्वकै धनाढ्य व्यक्ति ‘अमेजन मालिक’ ले ३८ खर्ब तिरेर गरे डिर्भाेस

विश्वकै धनाढ्य व्यक्ति ‘अमेजन मालिक’ ले ३८ खर्ब तिरेर गरे डिर्भाेस

jeff-bejos

एजेन्सी । २५ वर्ष वैवाहिक जीवनमा रहेका दम्पतीको दुनियाकै महंगो डिर्भाेस हुने भएको छ । हाल संसारको सबैभन्दा धनी मानिस रहेका अमेजन कम्पनीका मालिक जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्दबिच्छेदन् हुने पक्का भएको छ । संसारको अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको (करिब ३८ अर्ब नेपाली रुपैयाँ बढी) मा सम्बन्धविच्छेदका लागि सहमती भएको बताइएको छ ।

जेफ बेजोसले स्थापना गरेको अनलाइन किनमेल कम्पनी अमेजनको चार प्रतिशत सेयर उनकी पत्नी मक्केन्जीसँग हुने भएको हाे । स्मरण रहोस जेफले वाशिङ्टन पोस्ट दैनिक सन् २०१३मा किनीसकेका छन् । उनको सो
वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग भने श्रीमतीको सम्पतीको कुनै सम्बन्ध रहने छैन।

View image on Twitter
Related image

 १९९४ मा जेफले एमेजन स्थापना गर्नु अगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कामदारहरूमध्येकी थिइन्। मक्केन्जी एक सफल लेखिका मानिन्छिन् । ४८ वर्षीय मक्केन्जीले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन्।

अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ। सन् २०१८ मा एमेजनले २.३ खर्ब डलरको समान बेचेको थियो।जेफ बेजोससँग एमेजनको १६.३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र माक्केन्जीले आफ्नो सेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ