एजेन्सी । २५ वर्ष वैवाहिक जीवनमा रहेका दम्पतीको दुनियाकै महंगो डिर्भाेस हुने भएको छ । हाल संसारको सबैभन्दा धनी मानिस रहेका अमेजन कम्पनीका मालिक जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्दबिच्छेदन् हुने पक्का भएको छ । संसारको अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको (करिब ३८ अर्ब नेपाली रुपैयाँ बढी) मा सम्बन्धविच्छेदका लागि सहमती भएको बताइएको छ ।
जेफ बेजोसले स्थापना गरेको अनलाइन किनमेल कम्पनी अमेजनको चार प्रतिशत सेयर उनकी पत्नी मक्केन्जीसँग हुने भएको हाे । स्मरण रहोस जेफले वाशिङ्टन पोस्ट दैनिक सन् २०१३मा किनीसकेका छन् । उनको सो
वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग भने श्रीमतीको सम्पतीको कुनै सम्बन्ध रहने छैन।
१९९४ मा जेफले एमेजन स्थापना गर्नु अगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कामदारहरूमध्येकी थिइन्। मक्केन्जी एक सफल लेखिका मानिन्छिन् । ४८ वर्षीय मक्केन्जीले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन्।
अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ। सन् २०१८ मा एमेजनले २.३ खर्ब डलरको समान बेचेको थियो।जेफ बेजोससँग एमेजनको १६.३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र माक्केन्जीले आफ्नो सेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह