मिस नेपालमा ‘मेकअप’ बिना सहभागी हुनेलाई ‘जज’को गाली, शृङ्खलाले दिइन् कुटनीतिक जवाफ

मिस नेपालमा ‘मेकअप’ बिना सहभागी हुनेलाई ‘जज’को गाली, शृङ्खलाले दिइन् कुटनीतिक जवाफ

Shrinkhala

काठमाडौं | मिस नेपालमा सहभागी हुन बिना मेकअप पुगेकी ललितपुरकी अस्मिता महर्जनको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

कार्यक्रमकी ‘जज’ रचना गुरुङ शर्माले उनलाई मेकअप बिना अडिसनमा आएर कार्यक्रमको अनादर गरेको भन्दै गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि मिस नेपाल २०१८ शृङ्खला खतिवडाले ट्वीटरमा आफ्नो बिना मेकअपको फोटो पोष्ट गरेकी छन् । उनको यो पोष्टले ‘सुन्दर हुनलाई मेकअप गर्नै पर्छ’ भन्ने गुरुङको तर्कलाई बलियो जवाफ दिएको छ ।

शृङ्खलाले आफ्नो फोटोसँगै लेखेकी छन्, ‘नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर’ । यो उनको कुटनीतिक जवाफ हो । अहिलेसम्म नै सबैभन्दा चर्चा कमाउन सफल मिस नेपाल हुन् श्रृंखला ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ