पोखरामा झगडा गरेपछि सार्वजनिक मुद्धा खेपेर हप्ता दिनपछि छुटे मुस्ताङका सांसद पुत्र अमित

पोखरामा झगडा गरेपछि सार्वजनिक मुद्धा खेपेर हप्ता दिनपछि छुटे मुस्ताङका सांसद पुत्र अमित

amit tulachan

पोखरा । रक्सीको नशाको तालमा झगडामा उत्रिएपछि बैदाम प्रहरीको नियन्त्रणमा रहेका मुस्ताङका अमित तुलाचन सहितका साथीहरु आज छुटेका छन् ।

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रेमप्रसाद तुलाचनका छोरा अमित पोखरामा पक्राउ परेका हुन् । लोकसाइडका एक होटल सञ्चालक सहितसँग तुलाचन र उनको समूहले झगडा गरेकाले हप्तादिन अघि नै नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले बताए । सार्वजनिक मुद्धा अघि बढाइएकोमा शुक्रबार पीडित पक्षसँगकै सहमतिमा यो मुद्धा टुंगिएको उनले बताए ।

यो घटना हप्तादिन अघिकै हो । सार्वजनिक मुद्धा अघि बढेको थियो । आज किनारा लागिसकेको छ । डिएसपी शाहले भने । मादक पद्धार्थ सेवन गरी झैझगडा गरेको भन्दै बैदाम प्रहरीले उनलाई पक्राउ गरेको हो । तुलाचन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गल्ती गर्नेलाई कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै उनले दोषी कोहि पनि नछुट्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ