पोखरा । पछिल्लो समय अधिकांस ब्यक्तिहरुको ध्यान सरकारी बिद्यालयबाट बोर्डिङ स्कुल तर्फआकर्षित भईरहेको पाईन्छ । जस कारण सरकारी बिद्यालयहरुमा बिद्यार्थीको चाप अत्यन्तै न्यून हुने र बोर्डिङ स्कुलहरुमा थेग्नै नसक्ने अवस्था छ । अधिकांश अभिभावकले आफ्नो बालबच्चालाई सरकारी स्कूलभन्दा बोर्डिङ स्कूलमा नै पढाउन रुचाउँछन् ।
तर, पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले भने आफ्नो नाति प्रशन्न थापालाई बोर्डिङ स्कूलबाट छुटाएर सामुदायिक बिद्यालयमा भर्ना गरेका छन् । हालसालै पोखराको मदरल्याण्ड बोर्डिङ स्कुलबाट कक्षा ६ उत्तीर्ण गरेका प्रशन्नलाई वडाध्यक्ष थापाले शुक्रबार पोखराकै एक सामुदायिक बिद्यालयमा कक्षा ७ मा भर्ना गराएका हुन् । पछिल्लो समय सरकारी बिद्यालयमा बिद्यार्थीहरुको संख्या घट्दै गएको कुरालाई ध्यानमा राखेर त्यस्ता बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गराउन पनि प्रोत्साहन गर्ने उदेश्यले आफ्नो नातिलाई पनि सामुदायिक बिद्यालय शान्त माविमा भर्ना गरेको वडाध्यक्ष थापाले बताए ।
आफु जनप्रतिनिधि भएकाले पनि सरकारी तथा सामुदायिक बिद्यालयको गुणस्तर बृद्धि गराउन पहल गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाई छ । बिद्यार्थीका अभिभावकहरुले निजी बिद्यालयमा गर्ने लगानीको केहि प्रतिशत मात्रै सामुदायिक बिद्यालयमा गरेपनि बिद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनिय परिवर्तन हुने प्रशन्नका बाबु शिव थापाको भनाई छ । ‘निजी बिद्यालयमा हामीले गरेको आर्थिक लगानीको केहि प्रतिशत मात्रै सामुदायिक बिद्यालयमा लगानि गर्ने हो भने सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा पनि बोर्डिङको भन्दा कम हुँदैन’ प्रशन्नका बुबाले भने ।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने