पोखरा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा एक जनाको शव भेटिएको छ । शनिबार नगरपालिकाको कोखे र डाङसिङ बिचको ठूलो चौर भन्ने स्थानका ५६ बर्षीय खड्क बहादुर श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठ मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी टोली पुगेर घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अबैध भरुवा बन्दुक प्रहरीलाई
मादी गाँउपालिका वडा नम्बर २ का एक ब्यक्तिले भरुवा बन्दुक प्रहरीलाई बुझाएका छन् । शनिबार स्थानीय ८२ बर्षीय जोक बहादुर गुरुङले एक थान बन्दुक अस्थायी प्रहरी चौकी सिल्दुजुरेमा बुझाएका हुन् ।
गुरुङसँग बन्दुकको लाईसेन्स छैन । हाल उक्त बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तनहुँको नारीघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित १६ जना घाइते
तनहुँको नारिघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित बसमा सवार १६ जना घाइते भएका छन । शनिबार पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं-२ नारीघाटमा बस र ट्रक ठोक्किँदा १६ जना घाइते भएका हुन् । आबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ना ५ ख ८१७६ नम्बरको बस र डुम्रेबाट आबुखैरेनी जादै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । बस, ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने