पोखरा । १८ हजार दर्शक क्षमताको सुविधा सम्पन्न निर्माणाधिन फुटबल स्टेडियमको लागि पोखरा रंगशालामा माटो सम्याउने काम अन्तिम चरणमा पुगेको छ । गत माघ महिनादेखि सम्याउन सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ । निर्माण कम्पनीले आगमी असार मसान्त भित्रै फुटबल स्टेडियम निर्माण सम्पन्न गरिसक्नु पर्ने छ ।
कुल एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरी निर्माण सुरु गरिएको उक्त फुटबल स्टेडियम निर्माणको जिम्मा भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम. एए. कन्ट्रक्सनले लिएको छ । स्टेडियम निर्माण सम्पन्न भईसकेपछि रंगशालमा एकै पटक १८ हजार दर्शकहरुले अटाउने छन् ।
पोखराको खेलकुद क्षेत्रमा यो फुटबल स्टेडियम महत्वपूर्ण र गौरवलायक योजना रहेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । खेलकुद मैदानको समस्याका कारण बिगतका समयमा बिभिन्न प्रतिष्ठित खेलकुदहरु सञ्चालन गर्दा आयोजक तथा दर्शकहरुलाई निकै सास्ती हुने गरेपनि फुटबल स्टेडियम निर्माण सम्पन्न भईसकेपछि सहज हुनेछ ।
सम्बन्धित समाचार:
http://gandaknews.com/pokhara-stadium-4/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने