म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा केही दिनयता स्नान गर्नेको घुइँचो लागेको छ। जमिनमुनिबाट आउने ५० डिग्री सेल्सीएस प्राकृतिक औषधियुक्त तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरु निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढदै गएको हो । अहिले दैनिक दुई हजार जनाले कुण्डमा स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिए।
स्नान गर्न पुग्नेको चाप बढेपछि अहिले बिहान ५ बजे देखि ६ वटा समय तालिका बनाएर दुई/दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको केसीले बताए । छोटो समयका लागि र भ्रमणका लागि जाने पर्यटकका लागि कुण्ड परिसरमा छुट्टै पोखरी र तीनवटा सयनकक्ष बनाएर जुनसुकै बेला पनि पालो नपर्खी स्नान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
तीन सय रुपैयाँ शुल्क तिरेर दश दिनसम्म स्नान गर्न सकिने कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए । कुण्डको आम्दानी र चन्दा सहयोगबाट कुण्डको संरक्षण, कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना नीजि स्रोतका शिक्षकको तलबभत्तामा खर्च हुने गरेको छ । तातोपानी कुण्डमा स्नान गरेमा चोट पटक लागेको, सर्के मर्केको, ग्यास्ट्रिक, नशा, छाला सम्बन्धी समस्या निको हुने विश्वास रहेको छ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा, कांग्रेस नेता रामचन्द्र पौडेललगायत शीर्ष राजनीतिज्ञले स्नान गरेकाले यस वर्ष तातोपानी कुण्ड स्नान र अवलोकन गर्न जानेको चाप बढेको बताइएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह