पोखरा । सरकारले नेत्र बिक्रम चन्द –विप्लव) समूहलाई राजनीतिक प्रतिवन्ध नलगाएको दावी गर्दै गृहमन्त्री रामबहादुर थापाले उक्त समूहले गरेका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि मात्रै प्रतिवन्ध गरेको प्रस्टाएका छन् । आइतबार गृह मन्त्रालयद्वारा आयोजित दुई दिने गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले विप्लव समूहले गैरकानूनी गतिविधि छाडेर राजनीतिक मूल धारमा आउन चाहेमा सरकारले स्वागत गर्ने बताएका छन् ।
‘विप्लव समूहलाई मूल राजनीतिक धारमा ल्याउन छलफल अगाडि वढिरहेको छ’ मन्त्री थापाले भने, ‘विप्लव समूहलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाएको छैन । उनीहरुका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि प्रतिवन्ध हो । यदी विप्लव समूह राजनीतिक मूल धारमा आउन चाहेभने सरकारले सदाका लागि वाटो खुला राखेको छ ।’ विप्लव समूहपनि सीके राउत जसरी नै मूलधारको राजनीतिमा आएर शान्तिपूर्ण रुपमा आफ्ना मुद्दाहरु उठाउन सक्ने उनको भनाई छ । सरकारले एक बर्षे अवधिमा नै देशमा शान्ति सुरक्षा कायम राख्न सफल भएको उनले दाबी गरे ।
सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिँदै गृहमन्त्री थापाले जुनसुकै परिस्थितीको सामना गर्न सुरुक्षाकर्मीहरु तयार रहन आवश्यक रहेको समेत बताएका छन् । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए ।
सम्बन्धित खबर
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणः सर्वोच्चद्वारा पूर्वमन्त्री गुप्ता र अन्य प्रतिवादीलाई पेसीको सूचना दिन आदेश
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो