बहुमत हुँदा पनि केही गर्न नसके जनताका अघिल्तिर के मुख लिएर जाने ? : प्रधानमन्त्री ओली

बहुमत हुँदा पनि केही गर्न नसके जनताका अघिल्तिर के मुख लिएर जाने ? : प्रधानमन्त्री ओली

KP-Oli-pm

प्रधानमन्त्री केपी शर्मा ओलीले अब अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार –निजी क्षेत्र कसैलाई पनि नरहेको पनि स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसंघको १६ औं वाािर्षक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अरुलाई दोष दिएर पानी माथिको ओभानो हुन कोही पनि नसक्ने र जनतासँग क्षमासम्म माग्ने अवसर पनि गुमाइसकिएको बताए ।

‘बहुमत नुहँदा मुलुकमा अस्थिरता भयो भनियो, जनताले बहुमत दिए । राजनीतिक स्थायित्व पनि दिए । अब पनि केही गर्न नसके जनताका अघिल्तिर के मुख लिएर जाने ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो । कृषि पेशा निर्वाहमुखी भएका कारण उत्पादकत्व बढ्न नसकेको भन्दै ओलीले निर्वाहमुखी कृषिमा अलमलिएका दुईतिहाइ जनतालाई व्यावसायिक कृषक बनाउनुपर्नेमा जोड दिए ।

“व्यवसायी पनि अब व्यावसायिक कृषिमा लाग्नुपर्छ, कृषिलाई व्यावसायकिरण गर्नुपर्छ । यसमा नोक्सान छँदैछैन, उद्योगमा भन्दा बढी नाफा कृषि व्यवसायमा छ,” उनले भने, “हामी क्यानडालाई आँप खुवाउन सक्छौं, कतारलाई स्याउ खुवाउन सक्छौं । अरु देशले यस्तो गर्न सक्दैनन् ।”

आफूले सानैदेखि पानी बेचे पैसा आउँछ भनेर सुनेको तर बूढो भइसक्दा पनि पानी बेच्न नसकिएको बताए । “पानी बेच्न सकिन्छ भनेर सुनियो मात्रै, पानी बगेको बग्यै छ, बेच्न सकिएन,” उनले भने । उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा अहिलेसम्म नेतृत्व र भिजनको अभाव थियो भन्दै अहिले अभिभावक पाएको भनेर ओलीको प्रशंसा गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ