क्षत्री समाजको अध्यक्षमा प्राडा क्षत्री, ५१ सदस्यीय कार्यसमिति निर्वाचित

क्षत्री समाजको अध्यक्षमा प्राडा क्षत्री, ५१ सदस्यीय कार्यसमिति निर्वाचित

xatri samaj

पोखरा । क्षत्री समाज नेपालको तेस्रो महाधिवेशनबाट प्राडा दिलबहादुर क्षत्री अध्यक्ष पदमा निर्वाचित भएका  छन् । सोमबार पोखरामा भएको समाजको महाधिवेशनबाट क्षत्रीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

समाजका पूर्वअध्यक्ष क्षत्रीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा योगेन्द्र कार्की, महिला उपाध्यक्षमा खेमकुमारी खड्का, उपाध्यक्षमा कृष्णबहादुर थापा, नरबहादुर कार्की, बिष्णुबहादुर कार्की, प्रेमप्रकाश खड्का, लक्ष्मी पाण्डे,  महासचिवमा केशबहादुर केसी, कोषाध्यक्षमा रीवबहादुर थापा, सचिवमा हिमाल खड्का, सहकोषाध्यक्षमा अर्जुनबहादुर बस्नेत सहित ५१ सदस्यीय समिति रहेका छन् ।

उक्त कार्यसमितिको अबधि ४ बर्ष हुने समाजले जनाएको छ । नयाँ निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजकहरुले सोमबार नै पदस्थापन गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds