हेमजा, २७ चैत । हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव जारी रहेको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।
महोत्सव मध्यतिर रहदाँ निकै रौनकता बढेको पाइएको छ भने पछिल्ला दिनहरुमा मौसमले पनि साथ दिएको छ ।मंगलवारसम्म कुल १० लाखको आलुको कारोवर भएको जनाइएको छ । महोत्सवमा बुधवार लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, सुरेन्द्र गुरुङ, श्रीराम अधिकारी, नवराज अधिकारी, जीवन दाहाल, तारापति सुवेदी, प्रेमराज अधिकारी, परशुराम अधिकारी, कृष्ण गुरुङ, सरला पाण्डे, सुभद्रा श्रेष्ठ र माया गुरुङ त्यस्तै हास्यतर्फ उमेश राई, कन्सर्टतर्फ ब्रोसिस ब्याड, रमेश रहस्य ब्याण्डका प्रस्तुतिहरु रहने मूल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
मंगलवार लोकदोहोरीतर्फ सम्झना भण्डारी, पार्वती जिसी, शंकरविरही गुरुङ, कृष्ण सुवेदी र दुर्गा क्षेत्री तथा हास्यतर्फ भद्रगोल टेलीफिल्मका पाँडे र जिग्रीको प्रस्तुति रहेको थियो । त्यस्तै रत्यौली प्रतियोगिता तथा राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितालाई पनि निरन्तरता दिइएको थियो ।
महोत्सवका आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी ,र्टकीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गरिएको अर्थ संकलन उपसमितिका संयोजक मदनबहादुर थापाले जानकारी दिए । ख
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर