सरकारले पाँच वर्षमा सबै सुकुम्वासीलाई लालपुर्जा दिने

सरकारले पाँच वर्षमा सबै सुकुम्वासीलाई लालपुर्जा दिने

bhumi news photo

पोखरा । गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले अबको पाँच वर्षमा सबै सुकुम्वासीले स्थायी वासको लागि लालपुर्जा भएको जग्गा पाउने बताएकी छिन् । भूमि हिन जनताले पाँच वर्ष भित्र सबैले लालपुर्जा पाउने गरी सरकारले कार्य गरिरहेको बताउँदै अब सुकुम्वासीहरुले जुलुस निकाल्ने, टायर बाल्ने जस्ता कुनै काम गर्नु नपर्ने बताएकी हुन् ।
‘धेरै आन्दोलनहरु गरेपछि जनताले खोजेको शासन आएको छ’ उनले राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘अब जुलुस निकाल्ने, टायर बाल्ने जस्ता कुनै पनि सरकार विरोधी कार्यहरुमा लाग्न पर्दैन । सरकारले अबको पाँच वर्षमा सबै सुकुम्वासीले स्थायी वासको लागि लालपुर्जा भएको जग्गा पाउने गरी काम गरिरहेको छ ।’

भूमि हिन सुकुम्वासीहरु पानी जस्तै तरल प्रकृतिको भएको वताउँदै आफ्नो हक अधिकार प्रति सबै जुटेर एकतावद्ध भई लक्ष्य प्राप्तीको लागि प्रतिबद्ध हुनु पर्ने बताउँदै सरकारले राम्रो कार्य गरिरहेको उनले तर्क गरिन् ।
राष्ट्रिय भुमि अधिकार मञ्चका केन्द्रिय संरक्षक ल्यामबहादुर दर्जी, केन्द्रिय सदस्य आसबहादुर गुरुङ तथा कन्य गुरुङले पोखरा ९ वसपार्क क्षेत्रमा सुन्दर बसपार्क बनाउने प्रचार गर्दै वर्षौदेखि वसोवास गर्दै आएका ६ सय सुकुम्बासी हटाउन पर्छ भन्ने वजारमा हल्ला सुनिएको वताउँदै सांसदहरूले यी सुकुम्बासीहरुको अनुहार हेरेर काम गर्नुपर्ने बताए । उनिहरुले अब जनताले आवाज उठाउने मात्रै होइन सांसदहरुले कानुन कार्यन्वयन गर्नुपर्ने बेला भएको वताए ।

नेपाल वार एशोसियनका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र थापा मगरले भुमि अधिकार सम्बन्धि कानुनले कुनै पनि नागरिकलाई बसेको स्थानबाट अन्यत्र सार्न पाइदैन । सार्नुपर्ने भएमा सरकारले स्थानीय बासिन्दालाई व्यवस्थापन गरेर, उनिहरुको सहमतिमा मात्रै हटाउन सक्ने वताए । सो अवसरमा २०७५ सालको दिपावलीमा देउसी भैलोमा आर्थिक सहयोग गर्ने पोखरा ९ का शिव टोल, शुभकामना टोल, कृष्ण टोल, गणतान्त्रिक टोल, पार्वती टोल, पोखरा १९ को माथिल्लो गोस्ते टोल, पोखरा १६ को तल्लो गोस्ते टोल, पोखरा २५ को मसिना वगर टोल, पोखरा १८ को पिपलडाली टोल, पोखरा १ वगरको शान्ती टोल र पोखरा १३ निवासी धनकुमारी गुरुङलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।

राष्ट्रिय नेपाल भुमिहिन सुकुम्वासी संगठनका केन्द्रिय सदस्य तथा कास्की जिल्लाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले आफुहरु बिकास बिरोधि नभएको तर भुमाफियाहरुको चलखेल बढेको वताउँदै वसपार्कबाट सुकुम्बासी हटाउने उद्देश्य मात्रै भएको तर व्यवस्थित गर्ने कुनै योजना नै नभएको वताए । उनले प्रदेश सभामा यस विषयमा कुरा हुनु पर्ने किाकि मजदुरले हार्ने केही छैन जित्नको लागि संसार रहेको बताए ।

अखिल नेपाल सुकुम्बासी संगठनका अध्यक्ष हर्कबहादुर विक, वडा स्तरीय महिला समन्वय समिति पोखरा ९ की संयोजक दिलमाया गुरुङले सुकुम्वासीका मागहरु जुन सुकै सरकार आएपनि वेवास्ता गरेको भन्दै ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै गरेको वताए । सरकारले पटकपटक छानबिन गरेर सुकुम्वासी घोषणा गरेपनि पुन छानबिन गर्ने भन्ने कुरा न्यायोचित नभएको वताए । मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा नगर अध्यक्ष लेखमाया थापाले र संचालन कास्की सचिव कुमारी गुरुङले गरेकी थिईन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ