गण्डकी प्रदेशको दिनभर : पोखराकी सुकुमायाको शौचालयमै मृत्यु, दुई जनाको शव फेला

गण्डकी प्रदेशको दिनभर : पोखराकी सुकुमायाको शौचालयमै मृत्यु, दुई जनाको शव फेला

gandaki-pradesh

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । बुधबार दिउँसो महानगरपालिकाकी ३७ बर्षीय सुकुमाया नेपाली शौचालयमा मृत फेला परेकी हुन् ।
शौचालय गएको लामो समयसम्म पनि नफर्फे पछि आफन्तहरुले शौचालयमा नै गएर हेर्दा सुकुमायाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

स्याङजा सडेको अबस्थामा शव फेला
पोखरा : स्याङजाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा रहेको एउटा जंगलमा पुरुषको शव फेला परेको छ । उक्त स्थानमा सडेको अबस्थामा शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न सकेको छैन । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

भिरबाट लडेर म्याग्दीमा एक जनाको मृत्यु
पोखरा : म्याग्दीकोे धवलागिरी गाउँपालिका—५ खिवाङका ५१ बर्षीय जित बहादुर पुनको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार गाउँपालिकाको मुदी भन्ने ठाउँबाट घर फर्कने क्रममा नाउरा भिरबाट लडेर पुनको मृत्यु भएको हो । उनी भिरबाट अन्दाजी ३०० मिटर तल खसेका थिए । घटना बारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ