नेकपासँग हामी ‘लिभिङ टुगेदर’मा छौँ, विवाह चाहिँ हैन : एकनाथ ढकाल

नेकपासँग हामी ‘लिभिङ टुगेदर’मा छौँ, विवाह चाहिँ हैन : एकनाथ ढकाल

eknath dhakal

गोरखा :  नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टी छिट्टै प्रतिनिधिसभामा जाने दावी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा बिहीबार कुराकानी गर्दै नेता ढकालले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने बारेमा प्रधानमन्त्री केपी ओलीसँग समझदारी बनिसकेको भन्दै उनले केही दिनमा त्यो देख्न सकिने दाबी गरे ।

‘हाम्रो पार्टीको तर्फबाट नेकपाको गठबन्धनमा करिब एक लाख मत झरेको छ’, उनले भने, ‘त्यसबारेमा नेकपाका दुवै अध्यक्षहरुलाई जानकारी छ । त्यसैले छिट्टै हाम्रो पार्टीले पनि संसदमा प्रतिनिधित्व पाउनेछ । तपाइँहरुले छिट्टै हाम्रो पार्टीलाई संसदमा देख्न सक्नुहुनेछ ।’

नेता ढकालले परिबार दल र नेकपा अहिले ‘लिभिङ टुगेदर’मा बसेको बताए । ‘नेकपा र नेपाल परिवार दलको विवाह भएको चाहिँ होइन, लिभिङ टुगेदर मात्र भएको हो’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ