पोखरा । पोखरा नयाँबजारकी सरला लामिछाने (सरु) ले शुक्रबार साँझ स्टीम चाउचाउ किन्ने निधो गरिन् । नजिकै पूजा स्टोरमा गईन् र किनेर ल्याईन् । प्याकेट खोल्न लाग्दा मिति हेरिन् । आजको जस्तो लागेन । मिति अंग्रेजीमा थियो ।
जब आजको होइन, भोलिको थाहा पाईन् अनि सरुले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरिन् । मुक्तककार समेत रहेकी सरुले फेसबुकमा लेखेकी छन्ः ‘स्टीम चाउचाउ कम्पनीमा भोलि उत्पादन हुने चाउचाउ म कहाँ आजै कसरी आइपुग्यो ?’ उनले यसलाई प्रयोग गरौँ कि नगरौँ भनि उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालालाई प्रश्न गरेकी छन् ।
https://www.facebook.com/photo.php?fbid=2308667745850306&
पोखरामा उत्पादन मिति भन्दा एक दिन अघि नै बजारमा स्टीम चाउचाउ फेला परेको हो । बागलुङ बसपार्क स्थित फेमिली नुडल्स प्रालिबाट उत्पादित उक्त स्टीम चाउचाउको उत्पादन मिति २०१९ अप्रिल १३ (२०७५ चैत ३०) गते लेखिएको छ । तर उत्पादन मिति भन्दा एकदिन पहिला अर्थात् आज २०१९ अप्रिल १२ (२०७५ चैत २९) गते नै बजारमा भेटिएको हो ।
एउटा भाइले यस्तो गरिदिएछः सञ्चालक तिमिल्सिना
उत्पादकले भने प्राविधिक कारणले मिति तल माथि हुन पुगेको बताएका छन् । ’एउटा भाइले यस्तो हानिदिएछ । हामीले जानकारी पाईसकेका छौँ । मैले गएर सोध्दा अलिअलिमा त्यस्तो भएको भन्यो भाइले’ नुडल्सका संचालक पिताम्बर तिमिल्सिनाले भने – ‘मितिमा झुक्किँदा मात्र यस्तो भएको हो, आगामी दिनमा यो गल्ती दोहोरिने छैन ।’
तीन दिन पछाडिको मितिमा समेत भेटिन्छन्ः कोईराला
उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइराला यसलाई गम्भिर लापरबाहीको संज्ञा दिन्छन् । उनी भन्छन् , ‘हामीले तीन दिन अगाडि नै उत्पादन भएका वस्तु पनि बजारमा भेटेका थियौं, अहिले उनिहरु मुद्दा खेपिरहेका छन् । जबकि यस्ता चाउचाउ चाउमिन धेरैमा ४ दिन पछाडि खानै मिल्दैन । त्यो पनि फ्रिजमा राख्यौं भने मात्रै हो ।’ उनले यस विषयमा छानबिन हुने जानकारी दिए ।
उद्योग संचालकले यस्तो विषयमा ध्यान पुराउनु पर्ने भएपनि गल्ती भेटिएपछि उद्योगको अवस्था, कामदारको सरसफाइ लगायतका विषय हेरेर कार्बाही प्रक्रिया अगाडी बढाउने कोइरलाको भनाइ छ । उनले आउँदो सोमबार उद्योगसम्म पुगेर यस विषयमा अनुगमन गर्ने बताए ।
साथै, स्थानीय ऐन आइसकेकाले अब पोखरा महानगरपालिकाबाटै अनुगमन हुने भएकाले नियमित र प्रभावकारी रुपमा अघि बढ्ने पनि जनाए । उनले प्रदेश ऐन आउने प्रक्रियामा रहेको समेत जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने