‘शुभम् स्टीम चाउचाउ’ बल्ल भोलि बन्दैछ, हातमा आजै छ

‘शुभम् स्टीम चाउचाउ’ बल्ल भोलि बन्दैछ, हातमा आजै छ

Steam noodles

पोखरा । पोखरा नयाँबजारकी सरला लामिछाने (सरु) ले शुक्रबार साँझ स्टीम चाउचाउ किन्ने निधो गरिन् । नजिकै पूजा स्टोरमा गईन् र किनेर ल्याईन् । प्याकेट खोल्न लाग्दा मिति हेरिन् । आजको जस्तो लागेन । मिति अंग्रेजीमा थियो ।

जब आजको होइन, भोलिको थाहा पाईन् अनि सरुले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरिन् । मुक्तककार समेत रहेकी सरुले फेसबुकमा लेखेकी छन्ः ‘स्टीम चाउचाउ कम्पनीमा भोलि उत्पादन हुने चाउचाउ म कहाँ आजै कसरी आइपुग्यो ?’ उनले यसलाई प्रयोग गरौँ कि नगरौँ भनि उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालालाई प्रश्न गरेकी छन् ।

https://www.facebook.com/photo.php?fbid=2308667745850306&

पोखरामा उत्पादन मिति भन्दा एक दिन अघि नै बजारमा स्टीम चाउचाउ फेला परेको हो । बागलुङ बसपार्क स्थित फेमिली नुडल्स प्रालिबाट उत्पादित उक्त स्टीम चाउचाउको उत्पादन मिति २०१९ अप्रिल १३ (२०७५ चैत ३०) गते लेखिएको छ । तर उत्पादन मिति भन्दा एकदिन पहिला अर्थात् आज २०१९ अप्रिल १२ (२०७५ चैत २९) गते नै बजारमा भेटिएको हो ।

एउटा भाइले यस्तो गरिदिएछः सञ्चालक तिमिल्सिना

उत्पादकले भने प्राविधिक कारणले मिति तल माथि हुन पुगेको बताएका छन् । ’एउटा भाइले यस्तो हानिदिएछ । हामीले जानकारी पाईसकेका छौँ । मैले गएर सोध्दा अलिअलिमा त्यस्तो भएको भन्यो भाइले’ नुडल्सका संचालक पिताम्बर तिमिल्सिनाले भने – ‘मितिमा झुक्किँदा मात्र यस्तो भएको हो, आगामी दिनमा यो गल्ती दोहोरिने छैन ।’

तीन दिन पछाडिको मितिमा समेत भेटिन्छन्ः कोईराला

उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइराला यसलाई गम्भिर लापरबाहीको संज्ञा दिन्छन् । उनी भन्छन् , ‘हामीले तीन दिन अगाडि नै उत्पादन भएका वस्तु पनि बजारमा भेटेका थियौं, अहिले उनिहरु मुद्दा खेपिरहेका छन् । जबकि यस्ता चाउचाउ चाउमिन धेरैमा ४ दिन पछाडि खानै मिल्दैन । त्यो पनि फ्रिजमा राख्यौं भने मात्रै हो ।’ उनले यस विषयमा छानबिन हुने जानकारी दिए ।

उद्योग संचालकले यस्तो विषयमा ध्यान पुराउनु पर्ने भएपनि गल्ती भेटिएपछि उद्योगको अवस्था, कामदारको सरसफाइ लगायतका विषय हेरेर कार्बाही प्रक्रिया अगाडी बढाउने कोइरलाको भनाइ छ । उनले आउँदो सोमबार उद्योगसम्म पुगेर यस विषयमा अनुगमन गर्ने बताए ।

साथै, स्थानीय ऐन आइसकेकाले अब पोखरा महानगरपालिकाबाटै अनुगमन हुने भएकाले नियमित र प्रभावकारी रुपमा अघि बढ्ने पनि जनाए । उनले प्रदेश ऐन आउने प्रक्रियामा रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ