पोखरा । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको दोस्रो जुनियर कमलपोखरी कप—२०७५ अण्डर नाइन्टिन सेभेन ए साइड फुटबल प्रतियोगितामा चौथो दिनमा प्रिक्वार्टरका खेल सकिएको छ । अण्डर नाइन्टिन प्रतियोगितामा ४० टीम सहभागी थिए । आयोजकको अनुसार शुक्रबारसम्म २८ खेल सम्पन्न भईसकेको छ ।
शनिबार क्वाटर फाइनल र सेमिफाइनल खेल हुनेछन् । शुक्रबारको खेलमा रञ्जन मेमोरियल र चिसापानि बिच १/१ गोलले बराबर भएपछि पेनाल्टीमा पुगेर रञ्जन मेमोरियले ३—१ गोलले जित हात पार्यो । त्यस्तै, एभरग्रीनले जुनियर एफसीलाई १—० गोलले, अक्सफोर्डले सिकलास युथ क्वललाई २—० गोलले पराजित ग¥यो । यसैगरी ध्याचोकले पासगाउँलाई ३—२ गोलले, जुनियर एफसीले गुडवीइललाई ३—१ ले पराजित ग¥यो ।
त्यस्तै एभरग्रीन ए ले मालेपाटन एफसीलाई पेनाल्टीमा ३—२ ले पराजित ग¥यो भने कमल पोखरी गेम हाउसलाई पि युनाईटेडले २—१ गोलले पराजित परेको थियो । आयोजकको अनुसार नयाँ वर्षको दिन बैशाख १ गते फाइनल खेल हुने छ । खेलमा प्रथम हुने टीमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु