कमलपोखरी जुनियर क्लबको सेभेन ए साइड फुटबल प्रतियोगिताः प्रिक्वार्टरका खेल सकियो

कमलपोखरी जुनियर क्लबको सेभेन ए साइड फुटबल प्रतियोगिताः प्रिक्वार्टरका खेल सकियो

56869954_833768386973743_8575537423537143808_n

 पोखरा । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको दोस्रो जुनियर कमलपोखरी कप—२०७५ अण्डर नाइन्टिन सेभेन ए साइड फुटबल प्रतियोगितामा चौथो दिनमा प्रिक्वार्टरका खेल सकिएको छ । अण्डर नाइन्टिन प्रतियोगितामा ४० टीम सहभागी थिए । आयोजकको अनुसार शुक्रबारसम्म २८ खेल सम्पन्न भईसकेको छ ।

शनिबार क्वाटर फाइनल र सेमिफाइनल खेल हुनेछन् । शुक्रबारको खेलमा रञ्जन मेमोरियल र चिसापानि बिच १/१ गोलले बराबर भएपछि पेनाल्टीमा पुगेर रञ्जन मेमोरियले ३—१ गोलले जित हात पार्यो । त्यस्तै, एभरग्रीनले जुनियर एफसीलाई १—० गोलले, अक्सफोर्डले सिकलास युथ क्वललाई २—० गोलले पराजित ग¥यो । यसैगरी ध्याचोकले पासगाउँलाई ३—२ गोलले, जुनियर एफसीले गुडवीइललाई ३—१ ले पराजित ग¥यो ।

त्यस्तै एभरग्रीन ए ले मालेपाटन एफसीलाई पेनाल्टीमा ३—२ ले पराजित ग¥यो भने कमल पोखरी गेम हाउसलाई पि युनाईटेडले २—१ गोलले पराजित परेको थियो । आयोजकको अनुसार नयाँ वर्षको दिन बैशाख १ गते फाइनल खेल हुने छ । खेलमा प्रथम हुने टीमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ