अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम पेश गरेको छ जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्छ । अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा पोइन्ट (ठाउँ) मा दबाउनुपर्छ ।
‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छन् । यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिनेछ । कण्डमको प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’
यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिनेछ । यद्यपि, यसका केही निश्चित प्याकेट बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदै छ ।
कम्पनीको विज्ञापन गर्ने एजेन्सीका जोआक्विन क्याम्पिन्सले भने, ‘कम्पनीले सधैं सुरक्षित खुसीको कुरा गर्दै आएको छ । तर यसपटक हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ ।’
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग