जब मन्त्री अर्यालले कर्मचारीलाई भनिन् ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’

जब मन्त्री अर्यालले कर्मचारीलाई भनिन् ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’

Padma-kumari-aryal

file photo

भक्तपुर – “के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई”, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गरिन् ।

नापी कार्यालय भक्तपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा भने जस्तै अवस्था आएको बताइन् । ‘जताततै मालपोत, नापी र भूमिसुधार कार्यालय भ्रष्टको अखडा भएको चर्चा चलिरहँदा आफ्नो शिर निहुरिएको छ, मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुँदैन, जीवन जिउन साह्रै निकृष्ट हुनु पर्दैन’ उनले भनिन् ।

मन्त्री अर्यालले मालपोत, नापीमा भइरहेका बदमासी मन्त्रालयले प्रक्रियाबाटै अन्त्य गर्न लागिपरेको बताउँदै कर्मचारीलाई गाली गरेर मात्र होइन, पूर्णरुपमा सिस्टमबाट नै डिजिटल प्रविधिमा सबै सेवालाई ढाल्न लागिपरेको धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ