पोखराको औद्योगिक क्षेत्र नजिकै सडक नालीमा शव भेटिएको छ । सेती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो साढे २ बजेतिरको समयमा नालीमा शव देखिएको हो । बोरा लगायतका फोहोरले बेरिएको अवस्थामा भएकाले सुरुमा पुरुष वा महिला एकिन भएको थिएन । प्रहरी पुगेपछि शव निकाल्ने क्रममा शव महिलाको भएको पुष्टि भएको छ ।

पत्रकार डोलराज पोखरेलले शव देखिएपछि प्रहरीलाई जानकारी गराएको बताए । उनका अनुसार सडक छेउमा उभिएर बस कुरिरहेकी महिलाले हात देखेपछि होहल्ला गरेकी थिईन् । शव भेटिएको स्थान औद्योगिक क्षेत्र प्रहरी कार्यालयबाट २ सय मिटर जति तल खसीबजार एरिया साइडमा पर्दछ । जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोली घटनास्थल पुगेको छ । केहि समय पृथ्वी राजमार्गको सो सडकखण्डमा जाम भएर सवारी आवागमनमा असर परेको थियो ।
वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले आधा घण्टा अगाडि सूचना आएको र अहिले टोली घटनास्थलमा रहेको जनाए । उनले अहिलेसम्म कसको शव पत्ता लाग्न नसकेको र अनुसन्धानका क्रममा रहेको बताए ।
कोहि व्यक्ति हराएको छ भने प्रहरीकहाँ बुझ्न समेत अनुरोध गरिएको छ । टाउकोदेखि पेटसम्मको भागमा बोरा बेरिएको खुट्टा पनि ढाकिएको भएकाले हत्या गरेर फालेको आशंका समेत प्रत्यक्षदर्शीले व्यक्त गरेको पत्रकार पोखरेलको भनाई छ ।



तस्वीरः डोलराज पोखरेल
सम्बन्धित खबर
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट