बेलायतको एक विद्यालयमा कुकुर कर्मचारीका रुपमा नियुक्त

बेलायतको एक विद्यालयमा कुकुर कर्मचारीका रुपमा नियुक्त

dog

एजेन्सी । बेरोजगारीको समस्या विकासोन्मुख मुलुकको समस्या हो । कतिपय मुलुकमा लाखौं मानिस बेरोजगार छन् । तर बेलायतमा भने एउटा कुकुरले ‘फुलटाइम’ कर्मचारीका रुपमा नियुक्ति पाएको छ । बेलायतको एउटा विद्यालयले सोला नामका यी कुकुरलाई फुलटाइम ड्युटीका लागि नियुक्त गरेको छ । सोला हरेक बिहान स्कुलको स्टाफ बैठकमा समेत सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ ।

परीक्षाका बेला विद्यार्थीहरुको तनाव कम गर्नु यिनको मुख्य काम हो । सोलाले आत्तिएका वा समस्याका परेका विद्यार्थीहरुको पहिचान गर्नसक्छ । विद्यालयका प्रधानाध्यापकका अनुसार सोलाले आफ्नो काम दक्षतापूर्वक गर्दै आएको छ ।

उनका अनुसार एकजना छात्रा परीक्षा अगाडि निकै डराएकी थिइन् र परीक्षा हलमा समेत बस्न चाहदैनथिइन् तर सोलासँग भेटेपछि ती छात्राको तनाव कम भएको र खुसीसाथ परीक्षा दिएको विद्यालयका प्रमुखले बताए । सोलाले विद्यालयको समयमा कोठाकोठा निरीक्षण गर्छ र तनावमा रहेका विद्यार्थीको मन बहलाउने काम गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ