गोरखा । गोरखाको धार्चे गाउँपालिकाले गाउँमा खबर आदानप्रदान गर्ने कटुवाललाई मासिक पारिश्रमिक दिन थालेको छ । हरेक वडामा इन्टरनेट पहुँच पुर्याएको गाउँपालिकामा मोवाइल र रेडियो, टेलिभिजनजस्ता सञ्चार साधनको पहुँच पुगे पनि गाउँमा खबर आदानप्रदानका लागि कटुवाल राखिएको हो ।
लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा र काशीगाउँमा कटुवाल नियुक्त गरी गाउँपालिकाबाट मासिक पारिश्रमिक दिन सुरु गरेको गाउँपालिका प्रमुख सन्तोष गुरुङले जानकारी दिए । ‘गाउँपालिकाको एक तिहाइ जनसंख्याले नेपाली भाषा बुझ्दैनन्,’ अध्यक्ष गुरुङले भने, ‘स्थानीय (गुरुङ) भाषामा कटुवालले खबर आदानप्रदान गर्छन्।’
गाउँका खबर आदानप्रदान गर्न बाबुबाजेका पालादेखि नै कटुवाल थिए। खबर सुनाए बापत कटुवाललाई गाउँलेहरुले बार्षिक रुपमा मकै, आलुलगायत अन्न दिने गर्दथे । एक हजार पाँच सय रुपैंयाका दरले कटुवाललाई पारिश्रमिक दिने गरेको उनले बताए । उनले भने, ‘एक वडामा एक जना कटुवाल छन्। जसले गाउँलेलाई उनीहरुले बुझ्ने भाषामै खबर सुनाउँछन्।’
कटुवालहरुले अन्न लिन नमानेपछि गाउँपालिकाले नै मासिक पारिश्रमिक उपलब्ध गराएको हो। गाउँपालिकाले सातै वडाका बासिन्दालाई लक्षित गरेर नि:शुल्क टेलिफोन सेवा पनि सुरु गरेको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र सडक निर्माणलाई प्राथमिकतामा राखेको छ। २०७२ साल बैशाख १२ मा गएको भूकम्पको केन्द्र मानेर इपिसेन्टर ट्रेकिङ ट्रेल निर्माण गर्ने जनाएको छ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु