जहाँ बनमान्छेलाई यौनकर्मी बनाइयो

जहाँ बनमान्छेलाई यौनकर्मी बनाइयो

mgid_ao_i

एजेन्सी– वनमान्छेलाई सेक्स वर्कर बनाएको सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ ? तर इन्डोनेशियाको एक गाउँमा वनमान्छेलाई बाँधेर वर्षौसम्म रेप गरेको घटना सार्वजनिक भएको छ । उसलाई सेक्स वर्करको रुपमा काम लगाइन्थ्यो ।

डेलीमेलमा लेखिएअनुसार पोनी नामको स्त्री जातिको वनमान्छेलाई २००३ को फेब्रुअरीमा बार्नियो जंगलबाट पक्राउ गरेर ल्याइएको थियो । सानो उमेरकी पोनीलाई केही समयपछि एक वेश्यालयमा राखियो । जहाँ ताडको खेती गर्ने किसानले २ पाउन्ड दिएर उसँग यौनसम्पर्क राख्थे ।

पोनीलाई वेश्यालयमा बाँधेर राखिएको थियो । वनमान्छेलाई वेश्यालयबाट उद्धार गर्ने व्यक्तिहरुका अनुसार वेश्यालयमा राख्दा उसको पूरै शरीर सेभ गरिएको थियो । कोही ग्राहक आए पोनीलाई गहना लगाएर, परफ्युम छर्केर राखिन्थ्यो । उक्त वनमान्छेलाई सेक्सका विभिन्न मुद्राहरु पनि सिकाइएको थियो ।

चेनले बाँधिएकी पोनी वेश्यालयको ढोकामा कोही देखेपछि उक्त ग्राहक आएर उसँग जवरजस्ती गर्छ भनेर उसले बुझ्न सक्थी । यस घटनाका कारण पोनी केटा मान्छे देख्दा अझै पनि डराउँछे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ