रञ्जन अधिकारी, पोखरा । सँगै बसेर खाए, पिए, क्लबमा गएर रमाईलो गरे । तर, ४ जनाले विना सहमति एकै युवतीलाई जबर्जस्ती करणी गरे । यही नै तनहुँ भिमादका चार युवकले गम्भिर गल्ती गरे । धादिङ घर बताउने एक युवती (नाम, ठेगाना गोप्य) ले आफूलाई चार जनाले जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएपछि तनहुँ भिमादका ४ जना होटलबाट सिधै हिरासतमा पुगेका छन्।
रमाईलो गर्ने मुडमा पोखरा आएका एकै गाउँका ४ जना युवाहरुले एउटै युवतीमाथि जबर्जस्ती करणी गरेपछि नयाँवर्षको रमाईलो नसकिँदै ईज्जत र जिन्दगी बर्बाद भएको छ । पक्राउ पर्नेमा तनहुँ भिमाद ५, रेसिङपाटन का २१ वर्षीय राजन गैरे र सरोज कुमार श्रेष्ठ, २४ वर्षका राजु नेपाली र अनिल गौतम छन् ।
विश्वस्त श्रोतका अनुसार सुरुमा ति २२ वर्षीया युवतीलाई राजनले होटल लगेका थिए । होटल द पोखरा युनाइटेड, लेकसाइडमा रुममा गएपछि तीन जना साथीहरु थपिएका थिए । वडा प्रहरी बैदाम भने यसमा चारित्रिक कुरा जोडिएकाले हुनसक्छ, खुलेर बोल्न मानेन ।
तर, प्रतिक्रिया लिन खोज्दा वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले युवती स्वयंले मौखिक उजुरी गरेपछि ४ जनालाई नियन्त्रणमा लिएको स्विकार गरे । स्वास्थ्य परिक्षणका साथ कसुर अनुसार आवश्यक कारबाही जिल्लाबाटै हुने शाहले बताए ।
सोमबार बिहान ३ बजेतिर मात्र प्रहरीकहाँ उजुरी परेको थियो । पोखराको लेकसाइडमा रहेको कर्मा क्लबमा उनीहरु नयाँ वर्षको रात रमाइलो गरेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो