रञ्जन अधिकारी, पोखरा । सँगै बसेर खाए, पिए, क्लबमा गएर रमाईलो गरे । तर, ४ जनाले विना सहमति एकै युवतीलाई जबर्जस्ती करणी गरे । यही नै तनहुँ भिमादका चार युवकले गम्भिर गल्ती गरे । धादिङ घर बताउने एक युवती (नाम, ठेगाना गोप्य) ले आफूलाई चार जनाले जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएपछि तनहुँ भिमादका ४ जना होटलबाट सिधै हिरासतमा पुगेका छन्।
रमाईलो गर्ने मुडमा पोखरा आएका एकै गाउँका ४ जना युवाहरुले एउटै युवतीमाथि जबर्जस्ती करणी गरेपछि नयाँवर्षको रमाईलो नसकिँदै ईज्जत र जिन्दगी बर्बाद भएको छ । पक्राउ पर्नेमा तनहुँ भिमाद ५, रेसिङपाटन का २१ वर्षीय राजन गैरे र सरोज कुमार श्रेष्ठ, २४ वर्षका राजु नेपाली र अनिल गौतम छन् ।
विश्वस्त श्रोतका अनुसार सुरुमा ति २२ वर्षीया युवतीलाई राजनले होटल लगेका थिए । होटल द पोखरा युनाइटेड, लेकसाइडमा रुममा गएपछि तीन जना साथीहरु थपिएका थिए । वडा प्रहरी बैदाम भने यसमा चारित्रिक कुरा जोडिएकाले हुनसक्छ, खुलेर बोल्न मानेन ।
तर, प्रतिक्रिया लिन खोज्दा वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले युवती स्वयंले मौखिक उजुरी गरेपछि ४ जनालाई नियन्त्रणमा लिएको स्विकार गरे । स्वास्थ्य परिक्षणका साथ कसुर अनुसार आवश्यक कारबाही जिल्लाबाटै हुने शाहले बताए ।
सोमबार बिहान ३ बजेतिर मात्र प्रहरीकहाँ उजुरी परेको थियो । पोखराको लेकसाइडमा रहेको कर्मा क्लबमा उनीहरु नयाँ वर्षको रात रमाइलो गरेका थिए ।
सम्बन्धित खबर
अन्नपूर्णमा सार्वजनिक सुनुवाइ, ३१ कार्यालयका प्रमुखको उपस्थिति
पत्रकार सन्तोष पोखरेल सम्मानित
रोटरी क्लब अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदस्थापन
पोखरा वडा नं. १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण
एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग